३ साउन २०८२, शनिबार 19 Jul 2025, Saturday

सप्तरीको हाइटेक नर्सरीमा गुणस्तरीय बिरुवा उत्पादन, निःशुल्क बितरण हुँदै

द नेप्लिज संवाददाता
१ साउन २०८२, बिहीबार

विराटनगर– डिभिजन वन कार्यालय सप्तरीको सुरुङ्गा नगरपालिका–३ दौलतपुरस्थित हाइटेक नर्सरीमा गुणस्तरीय बिरुवा उत्पादन भएको छ । वन कार्यालयले स्थापना गरेको चार लाख बिरुवा उत्पादन हुने क्षमताको उक्त नर्सरीमा यस वर्ष दुई वर्षे दुई लाख ५० हजार र एक वर्षे ८३ हजार बिरुवा उत्पादन गरेको छ । 

डिभिजन वन कार्यालय सप्तरीका वन अधिकृत छैठौँ किशोर कुमार चौधरीले सव डिभिजन वन कार्यालय दौलतपुरको प्रांगनमा स्थापित हाइटेक नर्सरीमा इमली, मुरँगा, अमला, बरो, तेजपात, टिक, महगी, अर्जुन, शिशौँ, सखुवा, गम्हारी, बेल, बकाइनो, खयरलगायत काठ, मसला, जडिबुटी प्रजातिको बिरुवा उत्पादन गरेको बताएका छन् । नर्सरीमा राम्ररी रेखदेख, नियमित सिँचाइ, जिल्लाबाट नियमित अनुगमन निरीक्षणले गुणस्तरी बिरुवा तयार भएको उनले बताएका हुन् । उनले नर्सरीमा अहिले एक वर्षे बिरुवा एक फिटभन्दा अग्लो र दुई वर्षे बिरुवा दुई फिटभन्दा अग्लो रहेको बताएका छन् । 

डिभिजन वन कार्यालय सप्तरीका प्रमुख शुभाषचन्द्र दासले एक वर्षे बिरुवा निःशुल्क बितरण भइरहेको र दुई वर्षे बिरुवा आउँदो असारमा बितरण गरिने बताएका छन् । दुई वर्षे बिरुवा अग्लो, कान्ला र काण्ड मोटो भएपछि सेवाग्राहीलाई तथा वृक्षारोपणका लागि बितरण गर्दा मर्ने दर न्यून हुने भएकोले आउँदो असारमा बितरण गरिने उनको भनाइ थियो । उनले जिल्लाभरिमा यस वर्ष एक वर्षे बिरुवा ६ लाख उत्पादन भएको बताएका हुन् ।

‘नियमित रेखदेख र अनुगमनले यस वर्ष जिल्लामा राम्रो र गुणस्तरी बिरुवा उत्पादन भएको छ,’ उनले भने, ‘व्यवसायिक रुपमा वृक्षारोपण गरेर काठ, दाउरा, मसला तथा जडिबुटी उत्पादन गरी जिल्लाबासीलाई राम्रो आमदानी हुने प्रजातिको बिरुवाहरु उत्पादन गरेका छौं ।’ यस वर्ष एक वर्षे बिरुवा निःशुल्क बितरण भइरहेकोले जिल्लाबासीलाई नजिकको नर्सरीबाट आवश्यक प्रजातिका बिरुवा लगेर खेती नहुने खाली जग्गा, नदी उकासलगायतका ठाउँमा वृक्षारोपण गरी हरियाली क्षेत्रको विकासका साथै वातावरण संरक्षणमा योगदान पुर्‍याउन प्रमुख दासले जिल्लावासीलाई आह्वान गरेका हुन् । 

प्रकाशित : १ साउन २०८२, बिहीबार 15:09

थप समाचार

कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
निर्देशक : अमरेन्द्र प्रसाद यादव, ९८४२८४४४४४
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved