विराटनगर– नेपाली १० लाख रुपैयाँ र भारु ५० हजार भन्दा बढी साथमा बोक्नु गैरकानुनी मानिन्छ । कपिलवस्तुस्थित इलाका प्रहरी कार्यालय पिपराको टोलीले स्रोत नखुलेको नेपाली र भारु गरी २८ लाख ९० हजार रुपैयाँ सहित ४ जनालाई पक्राउ गरेको छ ।
उनीहरूलाई गैरकानुनी रकम बोकेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा सन्धिखर्क–५ का ३० वर्षीय गोविन्द विक र उनका साथी बुटवल–१६ का ४१ वर्षीय वसन्त खरेल छन् । विकको साथबाट प्रहरीले भारु ५ सय दरको १ हजार ८ सय थान गरी कुल भारतीय रुपैयाँ ९ लाख बरामद गरेको छ।
प्रहरीले कपिलवस्तुकोमायादेवी–८ का ३८ वर्षीय सोमनाथ कसौधन र उनका साथी कपिलवस्तु–११ का शेषनारायण गिरीलाई पनि पक्राउ गरेको छ । कसौधनको साथबाट प्रहरीले स्रोत नखुलेको १४ लाख ५० हजार नेपाली रुपैयाँ बरामद गरेको छ ।
स्रोत नखुलेको भारु सटही कारोबार भइरहेको सूचनाको आधारमा वाणगंगा–४ जितपुर चोकस्थित केसी फेन्सी पसलको अण्डर ग्राउण्डमा रहेको कपडा गोदाममा प्रहरीले छापा मारी ४ जनालाई पक्राउ गरेको जनाएको छ । पक्राउ परेका दुई समूहले अवैध रूपमा नेपाली रुपैयाँ र भारु किनबेचन गरिरहेको हुन सक्ने प्रहरीको अडकल छ । बरामद रकम सहित ४ जनालाई थप अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय बुटवल पठाइएको प्रहरीले बताएको छ ।
समाचार
अर्बपति विनोद चौधरीविरुद्धको मुद्दा सर्वोच्चमा १८ पटक पेसी
द नेप्लिज संवाददाताअर्बपति विनोद चौधरीविरुद्धको मुद्दामा सर्वोच्चले गरे १८ औँ पेसी स्थगित
द नेप्लिज संवाददातामन्त्री क्वाटरमा बिचौलियाले बिहानै घुसको ब्रिफकेस छाड्छनः शेखर कोइराला
द नेप्लिज संवाददाताकेन्द्रीय समितिले अनुशासन समितिको कारबाहीको विषयमा निर्णय लिन्छ : बालकृष्ण खाँड
द नेप्लिज संवाददाता‘नेपाल–भारतबीचको मैत्रीपूर्ण सम्बन्ध राज्य सत्ताले चाहेर पनि तोड्न सक्दैन’
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares