विराटनगर– रंगेली सवस्टेशनमा २४ एम्भीएको पावर ट्रान्सफर्मर जडान भएर सञ्चालनको तयारीमा छ । उक्त ट्रान्फर्मर जडान भएसँगै रंगेली सवस्टेशनको क्षमता १६ एम्भीएबाट दोब्बर अर्थात् ३२ एम्भीएमा स्तरोन्नति भएको हो । यसले नेपाल विद्युत प्राधिकरण रंगेली बितरण केन्द्रका सेवाग्राहीलाई सहज विद्युत आपुर्ति हुने भएको छ ।
नेपाल विद्युत प्राधिकरण कोशी प्रादेशिक कार्यालयको सहयोगमा रंगेली बितरण केन्द्रले सवस्टेशनमा २४ एम्भीएको पावर ट्रान्सफर्मर ३ करोड ७५ लाखको लागतमा जडान गरेको हो । यसअघि उक्त सवस्टेशनमा ८÷८ एम्भीएका दुई वटा पावर ट्रान्सफर्मर गरी २४ एम्भीए मात्रै क्षमता रहेको थियो । विद्युत प्राधिकरणले दुई वटा रहेको ८÷८ एम्भीएको ट्रान्सफर्मरमध्ये एउटा हटाएर २४ एम्भीएको पावर ट्रान्सफर्मर जडान गरी ३२ एम्भीए क्षमतामा स्तरोन्नति गरिएको विद्युत प्राधिकरण रंगेली बितरण केन्द्र प्रमुख पंकज गोइतले बताएका छन् ।
विद्युत प्राधिकरण रंगेली बितरण केन्द्रले आफ्नो सवस्टेशनबाट ७ वटा ११ केभी फिडर लाइनबाट रंगेली, सुनबर्षी, रतुवामाई नगरपालिका र धनपालथान र कानेपोखरी गाउँपालिकाका ६१ हजार ८५५ सेवाग्राहीलाई विद्युत आपुर्ति गर्दै आएको छ । जसमा घरेलु÷ग्राहस्थ ५१ हजार १७९, औद्योगिक ६७१, सिँचाइ मिटर ९ हजार १३८ र अन्य ८६७ सेवाग्राही छन् ।
यस क्षेत्रमा समयमा पानी नपरेपछि यतिखेर किसानहरु विद्युतीय मोटरबाट पानी तानेर धान रोपाइँ गरिरहेका छन् । सबै किसानले एकैपटक विद्युतीय मोटर सञ्चालन गर्दा सिँचाइ मोटरले मात्रै करिब १० हजार बढी एम्भीए विद्युत खपत गरेपछि घरबत्ती र उद्योग क्षेत्रमा विद्युत आपुर्ति असहज हुँदै आएको प्रमुख गोइतले बताएका हुन् ।
‘किसानले धान रोपाइँ गर्न विद्युतीय मोटर चलाएपछि खेतीलाई प्राथमिकतामा राखेर घरबत्ती र औद्योगिक क्षेत्रको लाइन अबरुद्ध गर्नुपर्ने बाध्यता हुने गरेको थियो,’ उनले भने, ‘अब २४ एम्भीएको पावर ट्रान्सफर्मर जडान भएर सवस्टेशनको क्षमता ३२ एम्भीएमा स्तरोन्नति भएकोले आउँदो ५ देखि ८ वर्षसम्मका लागि विद्युत आपुर्तिको समस्या समाधान भएको छ ।’
विद्युत प्राधिकरणले यस क्षेत्रको विद्युत आपुर्ति सहज र भरपर्दो बनाउन केरौन सवस्टेशन ग्रिडबाट डब्बल सर्किट लाइन रंगेली सवस्टेशनसम्म तान्ने कामलाई समेत तिव्रता दिइएको छ । आउँदो पाँच महिनाभित्र केरौन ग्रिडबाट रंगेली सवस्टेशनमा लाइन आपुर्ति सुरु भइसक्ने प्रमुख गोइतको विश्वास छ । अहिले रंगेली सवस्टेशनमा ५० किलोमिटर लामो दुहबी ग्रिडबाट सिंगल सर्किटबाट लाइन आपूर्ति भइरहेकोले विद्युत लोस, भोल्टेज ड्रप र ट्रिपिङको समस्या सामना गर्दै आएको हो ।
प्रमुख गोइतका अनुसार दुहबी ग्रिडबाट ३३ केभी लाइन आपुर्ति हुँदा न्यूनतम ६ केभी लोस भएर रंगेली सवस्टेशनमा २७ केभी विद्युत मात्रै आइपुग्ने गरेको, भोल्टेजमा पनि समस्या हुने गरेको र सिंगल सर्किट भएकोले कुनै समस्या आउने बित्तिकै लाइन अबरुद्ध हुँदै आएको छ । ‘केरौन ग्रिडबाट लाइन आपुर्ति सुरु भएपछि १३ किलोमिटर दुरी पार गरेर रंगेली सवस्टेशनमा लाइन आपुर्ति हुँदा न्यूनतम एक केभी मात्रै लोस हुने र यसले विद्युत प्राधिकरणको ५ केभी लोस घट्छ,’ उनले भने, ‘केरौन ग्रिडबाट रंगेली सवस्टेशनसम्म डब्बल सर्किट लाइन निर्माण भइरहेकोले एउटा सर्किटमा समस्या आउने बित्तिकै अर्को सर्किटबाट लाइन आपुर्ति हुँदा लाइन कट्ने समस्या समाधान हुनुका साथै भरपर्दो रुपमा विद्युत आपुर्ति हुनेछ ।’
अर्थ/वाणिज्य
कोशी प्रदेशमा बजेटः कुन वर्षमा कति बजेट, कति आमदानी र कति भयो खर्च ?
द नेप्लिज संवाददातामौद्रिक नीतिमा पूर्वका उद्योगी व्यवसायीको सुझावः मुल्यांकनको ७० प्रतिशत घरजग्गा कर्जाको व्यवस्था हुनुपर्छ
द नेप्लिज संवाददाताप्रदेशसभाबाट कोशी प्रदेश सरकारले आउँदो वर्षका लागि ल्याएको बजेट पारित
द नेप्लिज संवाददातासञ्चारकर्मी सहकारीद्वारा चार पुरस्कारका लागि नाम छनोट, असार २७ गते पुरस्कृत गरिने
द नेप्लिज संवाददातामौद्रीक नीति : नीतिगत दर घट्यो, निजी क्षेत्रतर्फको कर्जा वृद्धि १२ प्रतिशत (पूर्णपाठ)
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares