विराटनगर– काठमाडौँको तीनकुने क्षेत्रको प्रदर्शनको क्रममा पत्रकार सुरेश रजक जलेर मृत्यु भएको घरमा ताल्चा लगाएको आरोपमा प्रहरीले अभिनेत्री एनी कुँवरलाई पक्राउ गरेको छ । उनी सुरेश कार्यरत रहेको एभिन्युज टीभीकी पूर्वपत्रकार एवं धार्मिक अभियन्ता हुन् ।
हाल राजावादी उनी धार्मिक अभियानहरूमा सक्रिय छिन् । आफूले घरभित्र पानी हाल्दै गरेको तथा बाहिरबाट लाइभ गरेर गुहार मागेको भिडिओ सार्वजनिक गर्दै आफू निर्दोष रहेको बताएकी छन् ।
प्रहरीका अनुसार सुरेश जलिरहेको घरको सेरोफेरोमा एनीका तीनवटा श्रव्य–दृश्यमा कैद भएको छ । सामाजिक सञ्जालमा सार्वजनिक भएको एउटा भिडिओमा आगजनी भएको घरको भर्याङबाटबाट एनी ओर्लिरहेको देखिएकी थिइन् ।
मञ्चतिर भाषण गरेको र जलेको घरभन्दा बाहिरपट्टि खिचेको भिडिओमा देखिएकी छन् ।
अर्काको घरभित्र अनाधिकृत प्रवेश गरेर निस्किँदै गरेको देखिएकीले उनलाई निर्दोष मान्न नसकिने प्रहरीले भनेको छ । प्रहरीका अनुसार आगो कसले झोस्यो भन्ने पुष्टि नभए पनि घरभित्र प्रवेश गरेका सबैलाई अनुसन्धानको घेरामा लिइएको छ । संलग्नताको आधार भनेको सामाजिक सञ्जालमा भाइरल भएको एक भिडियो हो जसमा कुँवरलाई पत्रकार सुरेश रजक भित्र रहेको जलिरहेको घरमा ताल्चा लगाएर फर्केको देखिएको स्रोतको दाबी छ ।
घटनापछि कुँवरले फेसबुक लाइभ गर्दै ‘बचाउन आउनुहोला’ भनेर आह्वान गरेकी थिइन् । उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार एनीलाई ललितपुरबाट अनुसन्धानको लागि पक्राउ गरिएको हो । यस घटनासँग जोडिएका थप विवरणहरू सार्वजनिक हुन बाँकी छन् । कुँवर एक दशकअघि चलचित्र ब्रह्माबाट रजतपटमा पाइला राखेकी थिइन् ।
साहित्य/कला
आरोहण गुरुकुलमा विराट वाङ्मय उत्सव सुरु
द नेप्लिज संवाददाताआरोहण गुरुकुलको विराट वाङ्मय उत्सव सम्पन्न
द नेप्लिज संवाददातापत्रकार निरौलासहित पाँच जना पुरस्कृत
द नेप्लिज संवाददातासञ्चारकर्मी सहकारीद्वारा चार जना पत्रकार पुरस्कृत
द नेप्लिज संवाददातानेपाल–भारत मैत्री युवा संघद्वारा पत्रकार पाठकसहित चार जना सम्मानित
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares