विराटनगर- मुलुकमा मिडिया क्षेत्रकाे भूमिका निष्पक्ष र अझै सशक्त हुनु अपरिहार्य रहेकाु सराेकारबालाकाे भनाइ छ ।
खबर पूर्वाञ्चल अनलाइनकाे १० अैाँ वार्षिकाेत्सव कार्यक्रमका वक्ताहरूले साेमबार मिडियाहरूले मुलुककाे सबै क्षेत्रकाे सुधारका लागि निरन्तर आवाज उठाइरहनु अहिलेकाे अपरिहार्यता रहेकाे बताएका हुन् ।
प्रदेश सांसद जयप्रकाश चाैधरीले पत्रकार पत्रकारिताकाे फेरिएकाे अवस्थामा अनलाइन पत्रकारिता एकमात्र विकल्प भएकाे बताएका छन् । उनले पत्रकारले देश र प्रदेशकाे आवश्यक्ता अनुकुलकाे मुद्दामा वहस र पैरवी निरन्तर गर्नुपर्ने आवश्यक्ता रहेका बताएका हुन् ।
उद्याेगी नवीन रिजालले मुलुकमा अहिले सबै क्षेत्रकाे अवस्था जर्जर रहेकाे बताएका छन् । ´निजी, मिडिया, राेजगारी, अैाद्यागिकलगायतका क्षेत्रकाे अवस्था जर्जर हुनुकाे कारण पहिल्याएर मिडिया क्षेत्रले निरन्तर वकालत गर्नु अहिलेकाे आवश्यक्ता हाे,` उनले भने, ´सरकारले बर्सेनि आन्तरिक र वाह्य ऋण लिएर यसरी कति दिनसम्म देश चल्छ ? भनेर प्रश्न उठाउनु पनि आवश्यक छ ।` १८ खर्बकाे बजेट बनाउने तर आय ११ खर्बभन्दा बढी नहुने अवस्था रहेकाे रिजालकाे भनाइ थियाे ।
एनप्याब्शनका पूर्वअध्यक्ष टिकाराम पुरीले दलीय प्रभावबाट माथि उठेर मिडिया क्षेत्रले सहीलाई सही र गलतलाई गलत भन्नुपर्ने बताएका हुन् । ´अहिलेकाे प्रादेशिक संरचनाकाे भार मुलुकले कहिलेसम्म धान्न सक्छ ?,` उनले भने, ´संघीय सरकारमा जति संरचना छ त्यति नै प्रदेशमा पनि बनाउनु के आवश्यक छ ?`
समाचार
अर्बपति विनोद चौधरीविरुद्धको मुद्दा सर्वोच्चमा १८ पटक पेसी
द नेप्लिज संवाददाताअर्बपति विनोद चौधरीविरुद्धको मुद्दामा सर्वोच्चले गरे १८ औँ पेसी स्थगित
द नेप्लिज संवाददातामन्त्री क्वाटरमा बिचौलियाले बिहानै घुसको ब्रिफकेस छाड्छनः शेखर कोइराला
द नेप्लिज संवाददाताकेन्द्रीय समितिले अनुशासन समितिको कारबाहीको विषयमा निर्णय लिन्छ : बालकृष्ण खाँड
द नेप्लिज संवाददाता‘नेपाल–भारतबीचको मैत्रीपूर्ण सम्बन्ध राज्य सत्ताले चाहेर पनि तोड्न सक्दैन’
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares