४ साउन २०८२, आइतबार 20 Jul 2025, Sunday

स्थानिय व्यवसायिक विकास परामर्शदाताहरुको क्षमता विकास तालिम सुरू

द नेप्लिज संवाददाता
२८ जेठ २०८२, बुधबार

विराटनगर- नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजना र उदय परियोजनाको सहकार्यमा स्थानिय व्यवसायिक विकास परामर्शदाताहरुको तीन दिने क्षमता विकास तालिम बुधबार विराटनगरमा शुरु भएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ कोशीका अध्यक्ष राजेन्द्र राउतले स्थानीय व्यवसायिक विकास परामर्शदातामार्फत कोशी प्रदेशमा रहेका साना तथा मझौला उद्योग व्यवसायीको पूँजीमा पँहुच बढाई, लगानी तथा नवप्रवर्तन अनुकुल व्यवसायिक वातावरण सृजना गर्न व्यवसायिक विकास परामर्शदाता परिचालन गर्ने कार्यको शुभारम्भ भएकाे बताएका छन् ।

उनले यस कार्यक्रमबाट जिल्ला/नगर उद्योग बाणिज्य संघको क्षमता विकास, सञ्जाल विस्तार, समन्वय, तथा साना तथा मझौला उद्योगको दिगो विकास र विस्तारसँगै व्यवसाय अनुकूल वातावरण निर्माणका गर्नका लागि सहकार्यको थालनी भएकाे बताएका हुन् । महासंघ कोशीले केहि महिना अघिबाट, उपाय विज्नेस सोलुशनसँगको सहकार्यमा बीडीएस सेवाको सुरुवात गरेको जानकारी दिँदै अध्यक्ष राउतले अहिले कृषि क्षेत्रका करिब १ दर्जन कृषि उद्यमीहरुको ब्याजमा अनुदान कर्जाको लागि विभिन्न बैंक तथा वित्तीय संस्थामा सहजीकरण गरिरहेको उल्लेख गरेका छन् ।

व्यवसायिक विकास परामर्शदाताहरूको भूमिकाले कोशी प्रदेशमा रहेका जिल्ला/नगर उद्योग वाणिज्य संघलाई संस्थागत आम्दानी वृद्धि, सदस्य व्यवसायीहरुमा सेवा प्रवाहले सन्तुष्टि, स्थानीय रोजगारी सिर्जना गर्ने उनकाे भनाइ थियाे ।

उदय परियोजनाका बिडीएस लिड बिष्णु काफ्लेले परियोजनाको बारेमा जानकारी दिदै साना तथा मझौला उद्यमीहरुको लागि परामर्शदाताहरुको सेवाले व्यवसाय विकास, बजार नेटवर्क विस्तार, लगानी आकर्षण, सरकारी नीतिगत जानकारी, अनलाइन प्रणाली तथा नवप्रवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका हुन् । तीन दिनसम्म चल्ने उक्त कार्यक्रमको सहजीकरण उपाय बिजिनेस सोलुशन काठमाडौँका साजन पाठक र बालाजी खनालले गर्ने छन् ।

कार्यक्रममा कोशी प्रदेशका जिल्ला नगर उद्योग वाणिज्य संघका ३० जना सचिवालय प्रमुख र स्थानिय व्यवसायिक विकास परामर्शदाताहरुको सहभागिता रहेको छ ।

प्रकाशित : २८ जेठ २०८२, बुधबार 23:09

थप समाचार

अर्थ/वाणिज्य

मौद्रिक नीतिमा पूर्वका उद्योगी व्यवसायीको सुझावः मुल्यांकनको ७० प्रतिशत घरजग्गा कर्जाको व्यवस्था हुनुपर्छ

द नेप्लिज संवाददाता

प्रदेशसभाबाट कोशी प्रदेश सरकारले आउँदो वर्षका लागि ल्याएको बजेट पारित

द नेप्लिज संवाददाता

सञ्चारकर्मी सहकारीद्वारा चार पुरस्कारका लागि नाम छनोट, असार २७ गते पुरस्कृत गरिने

द नेप्लिज संवाददाता

मौद्रीक नीति : नीतिगत दर घट्यो, निजी क्षेत्रतर्फको कर्जा वृद्धि १२ प्रतिशत (पूर्णपाठ)

द नेप्लिज संवाददाता

रंगेली सवस्टेशनमा २४ एम्भीएको पावर ट्रान्सफर्मर जडान, सेवाग्राहीलाई विद्युत आपुर्ति सहज बन्दै

द नेप्लिज संवाददाता
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
निर्देशक : अमरेन्द्र प्रसाद यादव, ९८४२८४४४४४
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved