५ साउन २०८२, सोमबार 21 Jul 2025, Monday

वैदेशिक रोजगारीको नाममा ठग्ने पाँच पक्राउ

द नेप्लिज संवाददाता
८ जेठ २०८२, बिहीबार

विराटनगर– वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने गिरोहमा संलग्न पाँच जना काठमाडौँबाट पक्राउ परेका छन्। ती व्यक्तिहरूले जापान, अजरबैजान, थाइल्याण्ड र दक्षिण कोरिया जस्ता देशहरूमा पठाइदिने प्रलोभन देखाइ पीडितहरूबाट लाखौँ रुपैयाँ असुलेको आरोप छ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेहरूमा तार्केश्वर नगरपालिका–४ बस्ने तनहुँ भानु नगरपालिका–८ का ४३ वर्षीय विकास गुरुङ, काठमाडौँ–३२ बस्ने सिन्धुली कमलामाई नगरपालिका–१२ की ३६ वर्षीया रञ्जना अधिकारी, काठमाडौँ–३१ बस्ने ताप्लेजुङ पाथीभरा याङ्वरक गाउँपालिका–१ का ४० वर्षीय यादव प्रसाद घिमिरे, काठमाडौँ–२ बस्ने कञ्चनपुर बेदकोट नगरपालिका–३ का ५२ वर्षीय लोकजन खड्का र पेप्सीकोला बस्ने सुनसरी इनरुवा–७ का ३२ वर्षीय रमेश कुमार यादव छन्।

विकास गुरुङले अजरबैजान पठाइदिने भन्दै २ जनाबाट ५ लाख रुपैयाँ, रञ्जना अधिकारीले जापान पठाइदिने भन्दै १ जनाबाट ३ लाख रुपैयाँ, यादव घिमिरेले जापान पठाइदिने भन्दै ५० हजार रुपैयाँ र लोकजन खड्काले थाइल्याण्ड पठाइदिने भन्दै ४ लाख ४० हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएको उजुरी परेपछि प्रहरी सक्रिय भएको थियो।

त्यस्तै रमेश कुमार यादवले दक्षिण कोरिया पठाइदिने भन्दै ३ जना पीडितबाट कुल २६ लाख ८० हजार रुपैयाँ लिएको आरोपमा काठमाडौँको पेप्सीकोलाबाट पक्राउ परेका हुन्।

संबन्धित उजुरीका आधारमा खटिएको प्रहरीले जेठ ७ र ८ मा काठमाडौँका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरी वैदेशिक रोजगार विभागमा बुझाएको छ। हाल घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

#वैदेशिक# रोजगारी#मा #पठाइ#दिन्छु #भन्दै #ठगी

प्रकाशित : ८ जेठ २०८२, बिहीबार 19:03

थप समाचार

अर्थ/वाणिज्य

मौद्रिक नीतिमा पूर्वका उद्योगी व्यवसायीको सुझावः मुल्यांकनको ७० प्रतिशत घरजग्गा कर्जाको व्यवस्था हुनुपर्छ

द नेप्लिज संवाददाता

प्रदेशसभाबाट कोशी प्रदेश सरकारले आउँदो वर्षका लागि ल्याएको बजेट पारित

द नेप्लिज संवाददाता

सञ्चारकर्मी सहकारीद्वारा चार पुरस्कारका लागि नाम छनोट, असार २७ गते पुरस्कृत गरिने

द नेप्लिज संवाददाता

मौद्रीक नीति : नीतिगत दर घट्यो, निजी क्षेत्रतर्फको कर्जा वृद्धि १२ प्रतिशत (पूर्णपाठ)

द नेप्लिज संवाददाता

रंगेली सवस्टेशनमा २४ एम्भीएको पावर ट्रान्सफर्मर जडान, सेवाग्राहीलाई विद्युत आपुर्ति सहज बन्दै

द नेप्लिज संवाददाता
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
निर्देशक : अमरेन्द्र प्रसाद यादव, ९८४२८४४४४४
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved