विराटनगर– नेपाली कांग्रेसकी सांसद माया राईलाई काठमाडौँको कपन क्षेत्रबाट प्रहरीले पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी रमेश बस्नेतका अनुसार शनिबार साँझ सांसद राईलाई पक्राउ गरिएको हो । राईविरुद्ध यसअघि नै अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।
सांसद राई स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्था, कालिमाटीको कोष अपचलन प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेकी हुन् । उनले उक्त सहकारीको रकम दुरुपयोग गरेको आशंकामा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
यसअघि सहकारी पीडितहरूले उनीसहित विभिन्न सञ्चालकमाथि कारबाहीको माग गर्दै उजुरी दर्ता गराएका थिए । अदालतबाट पक्राउ अनुमति प्राप्त भएपछि प्रहरीले राईलाई नियन्त्रणमा लिएको हो । स्वर्णलक्ष्मी सहकारीको ठूलो संख्यामा बचतकर्ताले लगानी गरेको रकम फस्र्यौट नहुँदा पीडितहरूले लामो समयदेखि न्यायको माग गर्दै आएका छन् । पक्राउ परेकी सांसद राईलाई आवश्यक अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको छ ।
समाचार
अर्बपति विनोद चौधरीविरुद्धको मुद्दा सर्वोच्चमा १८ पटक पेसी
द नेप्लिज संवाददाताअर्बपति विनोद चौधरीविरुद्धको मुद्दामा सर्वोच्चले गरे १८ औँ पेसी स्थगित
द नेप्लिज संवाददातामन्त्री क्वाटरमा बिचौलियाले बिहानै घुसको ब्रिफकेस छाड्छनः शेखर कोइराला
द नेप्लिज संवाददाताकेन्द्रीय समितिले अनुशासन समितिको कारबाहीको विषयमा निर्णय लिन्छ : बालकृष्ण खाँड
द नेप्लिज संवाददाता‘नेपाल–भारतबीचको मैत्रीपूर्ण सम्बन्ध राज्य सत्ताले चाहेर पनि तोड्न सक्दैन’
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares