काठमाडौँ– पूर्वीनवलपरासीको विनयी खोलामा शुक्रबार बिहान आएको बाढीले डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ । विनयी त्रिवेणी गाउँपालिका–१ स्थित विनयी खोलामा बाढी आउँदा डाइभर्सन बगाएको जिल्ला प्रहरी कार्यालय, पूर्वी नवलपरासीका डीएसपी मधु नेपालले जानकारी दिएका छन्।
डाइभर्सन बगाएपछि नारायणघाट–बुटवल सडकखण्डमा सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको हो। अत्यावश्यकबाहेकका सवारी साधन खोलाको दुवै किनारमा रोकिएका छन्। डीएसपी नेपालका अनुसार अत्यावश्यक सवारीहरूलाई होङ्सी सिमेन्ट उद्योग हुँदै दुम्किबासतर्फ डाइभर्ट गरिएको छ।
उक्त स्थानमा गत पुसमा भारतीय ट्रकको ठक्करबाट विनयी खोलाको मूल पुल भाँचिएको थियो। त्यसपछि अस्थायी डाइभर्सन बनाएर यातायात सुचारु गरिएको थियो। तर उक्त डाइभर्सन गत चैत ३० मा पनि बाढीले बगाएको थियो।
‘पुनः बाढीले डाइभर्सन बगाएपछि सवारी आवागमन सुचारु गर्न तत्काल नयाँ डाइभर्सन बनाउने प्रयास भइरहेको छ,’ डीएसपी नेपालले भने । भाँचिएको पुल पुनर्निर्माणको प्रक्रिया अझै सुरु नभएकाले आगामी वर्षा याममा थप समस्या हुने संकेत देखिएको छ।
समाचार
अर्बपति विनोद चौधरीविरुद्धको मुद्दा सर्वोच्चमा १८ पटक पेसी
द नेप्लिज संवाददाताअर्बपति विनोद चौधरीविरुद्धको मुद्दामा सर्वोच्चले गरे १८ औँ पेसी स्थगित
द नेप्लिज संवाददातामन्त्री क्वाटरमा बिचौलियाले बिहानै घुसको ब्रिफकेस छाड्छनः शेखर कोइराला
द नेप्लिज संवाददाताकेन्द्रीय समितिले अनुशासन समितिको कारबाहीको विषयमा निर्णय लिन्छ : बालकृष्ण खाँड
द नेप्लिज संवाददाता‘नेपाल–भारतबीचको मैत्रीपूर्ण सम्बन्ध राज्य सत्ताले चाहेर पनि तोड्न सक्दैन’
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares