विराटनगर– जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले फागुन ११ देखि लागू गरेको निषेधाज्ञा आज (मंगलबार) राती ११ बजेदेखि अन्त्य हुने सूचना जारी गरेको छ ।
प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माद्वारा मंगलबार साँझ जारी अर्को सूचनामा उक्त जानकारी गराइएको हो । जिल्ला सुरक्षा समितिले मंगलबार गरेको सिफारिस अनुसार निषेधाज्ञा अन्त्य भएको सूचनामा भनिएको छ ।
पाथीभरा क्षेत्रमा केबलकार बनाउन नहुने भन्दै आन्दोलनमा उत्रिएका समूह र प्रहरीबिच फागुन १० को साँझ सदरमुकाम फुङलिङको वीरेन्द्र चोकमा झडप भएको थियो । यसमा केही आन्दोलनकारी र प्रहरी घाइते भएका थिए । यसपछि पाथीभराको निर्माणाधीन केबलकार क्षेत्र र सदरमुकाम फुङलिङ बजारमा निषेधाज्ञा जारी भएको थियो । नो केबलकार समूहले सरकारले आह्वान गरेको वार्ताको माहोल बनाउन निषेधाज्ञा हटाउनु पर्ने सर्त राखेको थियो ।
समाचार
अर्बपति विनोद चौधरीविरुद्धको मुद्दा सर्वोच्चमा १८ पटक पेसी
द नेप्लिज संवाददाताअर्बपति विनोद चौधरीविरुद्धको मुद्दामा सर्वोच्चले गरे १८ औँ पेसी स्थगित
द नेप्लिज संवाददातामन्त्री क्वाटरमा बिचौलियाले बिहानै घुसको ब्रिफकेस छाड्छनः शेखर कोइराला
द नेप्लिज संवाददाताकेन्द्रीय समितिले अनुशासन समितिको कारबाहीको विषयमा निर्णय लिन्छ : बालकृष्ण खाँड
द नेप्लिज संवाददाता‘नेपाल–भारतबीचको मैत्रीपूर्ण सम्बन्ध राज्य सत्ताले चाहेर पनि तोड्न सक्दैन’
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares