सामाजिक सञ्जाल विधेयक विरुद्ध विराटनगरमा नागरिक समाजका अगुवा लगायतका व्यक्तिहरुले शुक्रबार विरोध प्रदर्शन गर्दै । तस्बिर : टिएन
विराटनगर– सामाजिक सञ्जाल विधेयक विरुद्ध विराटनगर नागरिक अभियानले विराटनगरमा शुक्रबार विरोध प्रदर्शन गरेको छ । विधेयकमा प्रस्ताव गरिएका प्रावधानहरु संवैधानिक व्यवस्था प्रतिकूल भएको नागरिक समाजको बुझाइ छ ।
नागरिक अभियन्ताहरुले विराटनगरस्थित ट्राफिक चोकमा तुल, व्यानर, प्लेकार्डसहित प्रदर्शन गर्दै सरकारले ल्याएको सामाजिक सञ्जाल सम्बन्धी विधेयकमा गरेको व्यवस्थाप्रति विरोध जनाएका हुन् । उनीहरुले सामाजिक सञ्जालको नियमन हुनु पर्नेमा सरकारले अहिले ल्याएको विधेयकमार्फत नियन्त्रण गर्न खोजेकोले विरोधमा उत्रिन बाध्य भएको बताए ।
विधेयकमा भएको नियन्त्रणकारी व्यवस्थालाई नियमनकारीमा परिणत नगरे सशक्त आन्दोलनमा उत्रिने सरकारलाई अभिन्ताहरुले चेतावनी दिए ।
समाचार
अर्बपति विनोद चौधरीविरुद्धको मुद्दा सर्वोच्चमा १८ पटक पेसी
द नेप्लिज संवाददाताअर्बपति विनोद चौधरीविरुद्धको मुद्दामा सर्वोच्चले गरे १८ औँ पेसी स्थगित
द नेप्लिज संवाददातामन्त्री क्वाटरमा बिचौलियाले बिहानै घुसको ब्रिफकेस छाड्छनः शेखर कोइराला
द नेप्लिज संवाददाताकेन्द्रीय समितिले अनुशासन समितिको कारबाहीको विषयमा निर्णय लिन्छ : बालकृष्ण खाँड
द नेप्लिज संवाददाता‘नेपाल–भारतबीचको मैत्रीपूर्ण सम्बन्ध राज्य सत्ताले चाहेर पनि तोड्न सक्दैन’
द नेप्लिज संवाददाताप्रदेश
Darbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares