धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले पूरानाे थन्क्याएर प्रदेश सांसदका लागि नयाँ ल्यापटप खरिद प्रक्रिया अघि बढाएपछि आलाेचना भइरहेकाे छ ।
प्रदेश सरकारले सांसदहरूका लागि ल्यापटप खरिद गर्न ४७ लाख बजेट विनियाेजन गरेकाे छ । प्रदेशसभाकाे पहिलाे कार्यकालमा २७ लाख खरिद गरेकाे ल्यापटप कबाडीमा राखेर नयाँ खरिदका लागि प्रदेशसभा सचिवालयले टेण्डर आह्वान गरेपछि आलाेचना सुरू भएकाे हाे ।
प्रदेश सभा सचिव देवबहादुर बोगटीले पूरानाे ल्यापटप काम नलाग्ने भएकाले नयाँ खरिद गर्न लागेकाे बताए । ´५३ जना प्रदेश सभा सदस्यमध्ये १० मन्त्री र पदाधिकारी छन् र बाँकी ४३ जना सांसदका लागि ल्यापटप खरिद गर्न लागेका छाैं,` उनले भने, ´सांसदज्यूहरूले पूरानाे ल्यापटप काम नलाग्ने भन्दै फिर्ता गरेर नयाँ राम्राे माग गरेकाले खरिद प्रक्रिया अघि बढाइएकाे हाे ।`
नयाँ ल्यापटप खरिदकाे विषयमा सत्तारूढ दलका सांसदहरूले बचाउ गरिरहेका छन् भने प्रतिपक्षी दलका सांसदहरूले विराेध गरिरहेका छन् । पूर्ण अधिकार नपाएर काम देखाउन नसकेका प्रदेश सरकारले संघीयतालाई बदनाम गराउने कार्यक्रम ल्याएकाे राजनीतिक विशलेषककाे भनाइ छ । संघीयतालाई बदनाम गराउने समूहलाई प्रश्न उठाउने कार्यक्रम प्रदेश सरकारले तत्काल राक्नु पर्ने राजनीतिक बिशलेषकहरूकाे बुझाइ छ ।
अघिल्लाे कार्यकालमा काेशी प्रदेशसभा सचिवालयले पनि सांसदहरूलाई ल्यापटप वितरणका लागि खरिद प्रक्रिया अघि बढाएकाे थियाे । तर जनस्तरबाट आलाेचना भएपछि प्रदेश सरकार र प्रदेशसभा सचिवालय ल्यापट खरिद प्रक्रिया राेकेर पछि हटेका थिए ।
समाचार
अर्बपति विनोद चौधरीविरुद्धको मुद्दा सर्वोच्चमा १८ पटक पेसी
द नेप्लिज संवाददाताअर्बपति विनोद चौधरीविरुद्धको मुद्दामा सर्वोच्चले गरे १८ औँ पेसी स्थगित
द नेप्लिज संवाददातामन्त्री क्वाटरमा बिचौलियाले बिहानै घुसको ब्रिफकेस छाड्छनः शेखर कोइराला
द नेप्लिज संवाददाताकेन्द्रीय समितिले अनुशासन समितिको कारबाहीको विषयमा निर्णय लिन्छ : बालकृष्ण खाँड
द नेप्लिज संवाददाता‘नेपाल–भारतबीचको मैत्रीपूर्ण सम्बन्ध राज्य सत्ताले चाहेर पनि तोड्न सक्दैन’
द नेप्लिज संवाददाताप्रदेश
Darbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares