विराटनगर– अर्बपति उद्योगी तथा प्रतिनिधिसभा सदस्य विनोद चौधरीविरुद्धको मुद्दामा सर्वोच्च अदालतले बिहीबार १८ औं पेसी स्थगित गरेको छ । सर्वोच्चले अर्को पेसी साउन २० गते तोकेको हो ।
महान्यायाधिवक्ताको कार्यालयले पेसी स्थगितका लागि सर्वोच्चमा निवेदन दर्ता गरएपछि स्थगित गरी अर्को १९ औँ पेसी तोकिएको छ । महान्यायाधिवक्ताको कार्यालयका सहायक न्यायाधिवक्ता टेकनाथ खनालले कार्यालयको अन्य कार्यव्यस्तताको कारण आजको पेसी स्थगित गरी अर्को पेसीको जानकारीका लागि अनुरोध गरेको पत्र सर्वोच्च अदालतमा दर्ता गराएका थिए ।
नेपाली कांग्रेसको विधानविपरित माननीय चौधरीले पार्टीको १४ औँ महाधिवेशनमा मधेसी कोटामा उम्मेदवारी दिइ निर्वाचित भएको भन्दै डा. शुभाषचन्द्र यादवले सर्वोच्च अदालतमा २०७८ फाल्गुन ३ गते रिट दायर गराएका छन् ।
डा. यादवले निर्वाचन आयोग, नेपाली कांग्रेस केन्द्रीय कार्यालय, केन्द्रीय निर्वाचन समिति, पार्टी कार्यालयका मुख्य सचिव र विनोद चौधरीविरुद्ध सर्वोच्चमा रिट दायर गरेका हुन् । उनले नेपाली कांग्रेसको विधान बमोजिम योग्यता पुगेका उम्मेदवारलाई मधेसी कोटामा केन्द्रीय सदस्यमा निर्वाचित गराउन माग दावीसहित रिट दायर गरेका छन् ।
नेपाली कांग्रेसको विधानमा मधेसी खुल्ला केन्द्रीय सदस्य ५ जना पुरुष रहने व्यवस्था छ । मधेसी खुल्ला केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकामध्ये निर्वाचित ५ जना पुरुषमा चौधरी पनि निर्वाचित भएका छन् भने डा. यादव छैठौँ स्थानमा रहेको छ । माननी चोधरी कांग्रेसको विधान बमोजिम अयोग्य साबित भएको अवस्थामा डा. यादव केन्द्रीय सदस्यमा स्वतः निर्वाचित हुनेछन् ।
नेपाली कांग्रेसको विधानको दफा २१ को उपदफा (८) अनुसार पार्टीको निरन्तर १० वर्ष क्रियाशील सदस्य रहेको व्यक्ति मात्रै केन्द्रीय सदस्यको उम्मेदवार बन्न पाउने व्यवस्था छ । माननीय चौधरी २०६४ को दोस्रो संविधानसभामा एमालेबाट समानुपातिकतर्फ संविधानसभा सदस्य निर्वाचित भएका थिए । चौधरी २०६९ सालसम्म एमालेबाट संविधानसभा सदस्य रहेका थिए । उनी २०७४ सालमा मात्रै नेपाली कांग्रेसमा प्रवेश गरेकोले केन्द्रीय सदस्यका लागि अयोग्य देखिएको डा. यादवको दावी छ । माननीय चौधरीले उम्मेदवारी दिने क्रममा क्रियाशील सदस्यता प्राप्त गरेको १० वर्ष भएको फर्जी कागजात निर्वाचन समितिमा पेश गरेर निर्वाचित भएको उनको भनाइ छ ।
समाचार
वन विनासमा प्रभावशाली व्यक्ति जोडिएपछि सचिव घिमिरेले लुकाए छानबिन प्रतिवेदन
द नेप्लिज संवाददाताअर्बपति विनोद चौधरीविरुद्धको मुद्दा सर्वोच्चमा १८ पटक पेसी
द नेप्लिज संवाददातामन्त्री क्वाटरमा बिचौलियाले बिहानै घुसको ब्रिफकेस छाड्छनः शेखर कोइराला
द नेप्लिज संवाददाताकेन्द्रीय समितिले अनुशासन समितिको कारबाहीको विषयमा निर्णय लिन्छ : बालकृष्ण खाँड
द नेप्लिज संवाददाता‘नेपाल–भारतबीचको मैत्रीपूर्ण सम्बन्ध राज्य सत्ताले चाहेर पनि तोड्न सक्दैन’
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares