विराटगर– जनता समाजवादी पार्टी (जसपा) मोरङको प्रथम अधिवेशन वैसाख २९ र ३० गते विराटनगरमा हुने भएको छ । जसपा मोरङले पत्रकार सम्मेलन गरी अधिवेशन बारे जानकारी गराएका हुन् ।
जसपाका अध्यक्ष उपेन्द्र यादवले उद्घाटन गर्ने जिल्ला अधिवेशन विराटनगरस्थित मारवाडी सेवा समितिको प्राङ्गनमा आयोजना हुने जसपा मोरङ अध्यक्ष राजकुमार यादवले बताएका छन् । यो अधिवेशनले ५१ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ ।
पार्टीको सांगठनिक सुदृढीकरण, वैचारिक स्पष्टता र नेतृत्वको पुनर्गठनलाई संस्थागत बनाउन यो अधिवेशनले पार्टीको अगामी मार्गचित्र निर्धाारण गर्ने जसपा केन्द्रीय सदस्य जयराम यादवले बताएका हुन् ।
अधिवेशनमा जिल्लाभरिबाट ६ सय प्रतिनिधि र ५० जना पर्यवेक्षक सहभागी हुनुका साथै उद्घाटन सत्रमा ५ हजार बढी पार्टीका नेता, कार्यकर्ता तथा समर्थकको उपस्थिति रहने जसपा मोरङ अध्यक्ष राजकुमार यादवले जानकारी गराए ।
समाचार
अर्बपति विनोद चौधरीविरुद्धको मुद्दा सर्वोच्चमा १८ पटक पेसी
द नेप्लिज संवाददाताअर्बपति विनोद चौधरीविरुद्धको मुद्दामा सर्वोच्चले गरे १८ औँ पेसी स्थगित
द नेप्लिज संवाददातामन्त्री क्वाटरमा बिचौलियाले बिहानै घुसको ब्रिफकेस छाड्छनः शेखर कोइराला
द नेप्लिज संवाददाताकेन्द्रीय समितिले अनुशासन समितिको कारबाहीको विषयमा निर्णय लिन्छ : बालकृष्ण खाँड
द नेप्लिज संवाददाता‘नेपाल–भारतबीचको मैत्रीपूर्ण सम्बन्ध राज्य सत्ताले चाहेर पनि तोड्न सक्दैन’
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares