काठमाडौं– उपराष्ट्रपति रामसहाय प्रसाद यादवले युवाहरू उद्यमशीलता, रोजगारी र सीप विकासमार्फत राष्ट्र निर्माणको अग्रपंक्तिमा उभिनुपर्ने बताएका छन् । राष्ट्रिय युवा परिषद्को आयोजनामा सोमबार काठमाडौंमा शुरू भएको ‘युवा उद्यमशीलता प्रवर्धन सम्मेलन’ मा सम्बोधन गर्दै उपराष्ट्रपति यादवले युवाहरूको साहस, सृजनशीलता र सम्भावनालाई नेपालको उज्ज्वल भविष्यको आधारका रूपमा उल्लेख गरेका हुन् ।
‘नेपालको कुल जनसंख्याको ठूलो हिस्सा ओगट्ने युवाशक्ति आजको यथार्थ मात्र होइन, उज्यालो भविष्यको सुनिश्चितता पनि हो,’ उनले भने, ‘युवाहरू नवप्रवर्तनशील सोच र उद्यमशील दृष्टिकोणका साथ राष्ट्र निर्माणमा अग्रपंक्तिमा उभिनुपर्छ।’ उपराष्ट्रपति यादवले राष्ट्रिय युवा परिषद्ले प्रदेशस्तरीय सम्मेलनहरूबाट केन्द्रीय तहसम्म आइपुग्दा उद्यमशीलता प्रवर्धनमा महत्वपूर्ण योगदान पुर्याएकोमा प्रशंसा गरेका थिए । यस्ता सम्मेलनले सरकारका नीति र कार्यक्रमलाई युवासँग जोड्न, निजी क्षेत्रसँग सहकार्य सुदृढ गर्न र स्टार्टअप संस्कृति प्रवर्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो ।
सम्मेलनमा उपराष्ट्रपति यादवले जलविद्युत, पर्यटन, कृषि, जडीबुटी, साना तथा घरेलु उद्योग र डिजिटल उद्यमजस्ता क्षेत्रमा युवालाई केन्द्रमा राखेर नीति निर्माण र कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका थिए । ‘हाम्रो चाहना छ– नेपाली युवा समस्या मात्र नहोस्, स्वयं समाधान पनि बनोस्,’ उनले भने, ‘यसका लागि सशक्त वातावरण, अनुकूल नीति, वित्तीय पहुँच र युवाप्रतिको विश्वास अपरिहार्य छ।’
उनले युवाहरूलाई व्यवसाय शुरू गर्न आवश्यक पूँजी, सीप र मार्गदर्शन प्रदान गर्न सरकार, निजी क्षेत्र, शैक्षिक संस्थान, वित्तीय निकाय र नागरिक समाजले साझा जिम्मेवारी लिनुपर्ने बताएका छन् । उनले बेरोजगारी घटाउन र युवालाई स्वरोजगारका लागि प्रेरित गर्न यो सम्मेलन कोशेढुंगा बन्ने विश्वास व्यक्त गरेका थिए ।
उपराष्ट्रपति यादवले सम्मेलनको सफलताका लागि आयोजक राष्ट्रिय युवा परिषद्लाई बधाई दिँदै युवाहरूको सृजनशीलता र जोशलाई व्यावहारिक रूपान्तरण गरी समृद्ध नेपाल निर्माणमा योगदान पुर्याउन शुभकामना व्यक्त गरेका थिए ।
समाचार
कोशी सरकारबिरुद्ध कारण देखाउ आदेश
द नेप्लिज संवाददातादृष्टिको ‘सेटिङ रिपोर्ट’ अब न्यायिक परीक्षणमा : शम्भु श्रेष्ठमाथि फौजदारी प्रक्रिया सुरू
द नेप्लिज संवाददातामनमोहन प्राविधिक विश्वविद्यालय पार्टी विश्वविद्यालय भएको छः पूर्वमुख्यमन्त्री कार्की
द नेप्लिज संवाददाता‘शेखर कोइरालाले पार्टी बैठकमा सभापति देउवामाथि उठाए प्रश्नै प्रश्न’
द नेप्लिज संवाददातानिजामति सेवा विधेयकमा परिवर्तन गर्नेलाई कारवाही हुनुपर्छ : शेखर कोइराला
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares