सिमकोट — व्यापार व्यवसायका लागि चीनको स्वशासित क्षेत्र तिब्बतको ताक्लाकोट जान चाहने नागरिकलाई जिल्ला प्रशासन कार्यालय सिमकोट, हुम्लाले अस्थायी प्रवेश पास वितरण गरेको छ। जिल्ला प्रशासन कार्यालयले उत्तरी नाम्खा गाउँपालिकाको सीमावर्ती क्षेत्रमा पुगेर ३७४ जनालाई अस्थायी प्रवेश पास वितरण गरेको हो ।
प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयका अनुसार पुराङ काउन्टीको ताक्लाकोटबाट तिब्बतका विभिन्न स्थानमा आवतजावत गर्न तुम्कोट, याल्वाङ, हिल्सा, यारीलगायत क्षेत्रमा पुगेका नागरिकहरूलाई नयाँ पास वितरण तथा पुराना पास नवीकरण गरिएको हो । पाण्डेयका अनुसार हालसम्म ताक्लाकोट आवतजावतका लागि सात हजार ५ सय ४५ जनाले प्रवेश पास लिइसकेका छन् ।
हिउँदयामका कारण यारी नाकाको ठाडो ढुंगा क्षेत्रमा सडक अवरुद्ध भएकाले गाडी यारीसम्म मात्र पुग्ने गरेको छ । यारीदेखि ओरालो दुई घण्टा पैदल यात्रा गरेर हिल्सा पुग्नुपर्ने र हिल्साबाट यारी फर्किंदा उकालो चार घण्टा पैदल हिँड्नुपर्ने अवस्था रहेको प्रमुख जिल्ला अधिकारी पाण्डेयले जानकारी दिए। सीमावर्ती क्षेत्रमा पास वितरणका क्रममा चीनको ताक्लाकोटबाट नवीकरणका लागि बाटोमा आफूसँगै आएका दुई जनालाई समेत पास वितरण गरिएको उनले बताए।
समाचार
दृष्टिको ‘सेटिङ रिपोर्ट’ अब न्यायिक परीक्षणमा : शम्भु श्रेष्ठमाथि फौजदारी प्रक्रिया सुरू
द नेप्लिज संवाददातामनमोहन प्राविधिक विश्वविद्यालय पार्टी विश्वविद्यालय भएको छः पूर्वमुख्यमन्त्री कार्की
द नेप्लिज संवाददाता‘शेखर कोइरालाले पार्टी बैठकमा सभापति देउवामाथि उठाए प्रश्नै प्रश्न’
द नेप्लिज संवाददातायुवाहरु उद्यमशीलता र सीप विकासमार्फत् राष्ट्र निर्माणको अग्रपंक्तिमा उभिनुपर्छ : उपराष्ट्रपति यादव
द नेप्लिज संवाददातानिजामति सेवा विधेयकमा परिवर्तन गर्नेलाई कारवाही हुनुपर्छ : शेखर कोइराला
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares