काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मंगलबार काठमाडौंको बल्खुमा गरेको खबरदारी सभामा घुसपैठ गरेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ । कार्यक्रम बिथोल्न खोजेको भन्दै राप्रपा समर्थकले उनीहरूलाई प्रहरीको जिम्मा लगाएका हुन् । राप्रपाको बागमती प्रदेशद्वारा आयोजित उक्त सभामा पक्राउ परेकाहरूबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा कीर्तिपुर बस्ने दाङको घोराही–४ का ४२ वर्षीय भरत वली, धादिङको रुबीभ्याली–४ का ३० वर्षीय रमेश लामा, नवलपुरको हर्कपुर–४ का २७ वर्षीय रन्जित क्षेत्री र बल्खु बस्ने रामेछापको मन्थली–४ का १८ वर्षीय सुवास खड्का छन् । पक्राउ पनेहरू कुनै पनि पार्टीमा आबद्ध नरहेको खुलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सोधपुछको क्रममा उनीहरुले घुसपैठ नगरेको बताएका छन् । अनुसन्धानका क्रममा उनीहरु कुनै पार्टीमा आबद्ध समेत नरहेको खुलेको प्रहरीले भनेको छ ।
Shares