विराटनगर– नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल मोरङको अधिवेशनको माग गर्दै सोमबार पुनः कार्यालयमा तालाबन्दी गरिएको छ । पूर्ण सदस्यता वितरण र जिल्ला अधिवेशनको माग गर्दै तरुण दल मोरङ उपसभापति खगेन्द्र थापा लगायतका समूहले गत वैसाख २१ गते कोंग्रेस मोरङ पार्टी कार्यालयमा नै रहेको तरुण दल मोरङको कार्यालयमा तालबन्दी गरेका थिए ।
पार्टीका जिल्ला नेतृत्वलाई ज्ञापन पत्र बुझाएर पनि कुनै सुनुवाइ नभएपछि उनीहरुले गरेको तालाबन्दी नेपाल तरुण दल मोरङ सभापति संजय थापाका समर्थक समूहले आइतबार फुटाएपछि सोमबार पुनः तालाबन्दी गरिएको हो ।
जिल्ला अधिवेशनको माग गर्दै आए पनि अध्यक्ष थापाले हालसम्म पूर्ण सदस्यता वितरण र अधिवेशन गराउन नचाहेको र पार्टी नेतालाई समेत वेवास्ता गर्दै आएको आन्दोलनरत तरुण नेताहरुको आरोप छ । आन्दोलनरत तरुण नेताहरुले आफूहरु पूर्ण सदस्यता वितरण गरी जिल्ला अधिवेशनको माग गर्दै पुनः गरिएको तालबन्दी पुनः फुटाउन खोजिए प्रतिवाद गर्ने चेतावनी दिएका छन् ।
समाचार
दृष्टिको ‘सेटिङ रिपोर्ट’ अब न्यायिक परीक्षणमा : शम्भु श्रेष्ठमाथि फौजदारी प्रक्रिया सुरू
द नेप्लिज संवाददातामनमोहन प्राविधिक विश्वविद्यालय पार्टी विश्वविद्यालय भएको छः पूर्वमुख्यमन्त्री कार्की
द नेप्लिज संवाददाता‘शेखर कोइरालाले पार्टी बैठकमा सभापति देउवामाथि उठाए प्रश्नै प्रश्न’
द नेप्लिज संवाददातायुवाहरु उद्यमशीलता र सीप विकासमार्फत् राष्ट्र निर्माणको अग्रपंक्तिमा उभिनुपर्छ : उपराष्ट्रपति यादव
द नेप्लिज संवाददातानिजामति सेवा विधेयकमा परिवर्तन गर्नेलाई कारवाही हुनुपर्छ : शेखर कोइराला
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares