विराटनगर- दुबई हुँदै काठमाडौं झरेका तीन विदेशी महिलासहित ४ जनालाई तीन किलो सात सय ७५ ग्राम सुनसहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । फ्लाई दुबईको एफजेड५७५ उडानबाट आएका चारै जना उज्वेकिस्तानी हुन् ।
राहदानी विवरण अनुसार पक्राउ पर्नेमा अखमदजनोभ्ना डिल्फुजा मारिफालिब, इस्राइलोभ्ना साओदत फैजिवा, गुलामनोभन उमिदा अखमेदोभ र सरदार तुर्सुनोभ भएको प्रहरीले जनाएको छ । यीमध्ये तुर्सुनोभ पुरुष हुन् । भन्सार जाँच पछि निस्कने क्रममा शंका लागेर खानतलासी गर्दा शरीरभित्रबाट सुन बरामद भएको हो । प्रहरीले उनीहरुको मलद्वारबाट सुनको टुक्रा बरामद गरेको छ ।
प्रहरीका अनुसार उनीहरुसँग आठ सुनका टुक्रा बरामद भएको छ। सुन तस्करीमा संलग्न गिरोहले भरियाका रुपमा उनीहरुलाई नेपाल पठाएको प्रहरीको विश्लेषण छ ।
समाचार
दृष्टिको ‘सेटिङ रिपोर्ट’ अब न्यायिक परीक्षणमा : शम्भु श्रेष्ठमाथि फौजदारी प्रक्रिया सुरू
द नेप्लिज संवाददातामनमोहन प्राविधिक विश्वविद्यालय पार्टी विश्वविद्यालय भएको छः पूर्वमुख्यमन्त्री कार्की
द नेप्लिज संवाददाता‘शेखर कोइरालाले पार्टी बैठकमा सभापति देउवामाथि उठाए प्रश्नै प्रश्न’
द नेप्लिज संवाददातायुवाहरु उद्यमशीलता र सीप विकासमार्फत् राष्ट्र निर्माणको अग्रपंक्तिमा उभिनुपर्छ : उपराष्ट्रपति यादव
द नेप्लिज संवाददातानिजामति सेवा विधेयकमा परिवर्तन गर्नेलाई कारवाही हुनुपर्छ : शेखर कोइराला
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares