१६ असार २०८२, मङ्गलबार 01 Jul 2025, Tuesday

‘सीपमूलक शैक्षिक कार्यक्रममा सहभागी हुन एसईई उतिर्ण विद्यार्थीहरुलाई आह्वान’

सहुलियत शूल्कमा शैलजा आचार्य स्मृति पोलिटेक्निकमा प्राविधिक शिक्षा

विराटनगर– माध्यमिक शिक्षा परिषदले शुक्रबार एसईई परीक्षाको परिणाम सार्वजनिक गरेको छ । एसईई उतिर्ण गरेका विद्यार्थीहरुले के पढ्ने र कहाँ पढ्ने बारे जानकारी प्राप्त गर्नु स्वभाविक हो । सबै विद्यार्थीले गुणस्तरी शिक्षा प्रदान गर्ने महंगो विद्यालयमा कक्षा ११ र १२ अध्ययन गर्न कठिनाइ हुनु पनि स्वभाविक हो । त्यसैले गरीव विपन्न तथा मध्यम आय भएका परिवारका विद्यार्थीहरुले स्वरोजगारीका साथै देश र विदेशमा रोजगारी प्राप्त गर्न सक्ने सीपमूलक शिक्षा प्रदान गर्ने प्राविधिक शिक्षालयहरुको बारेमा जानकारी प्राप्त गरिरहेका छन् । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्को साझेदारीमा सञ्चालित प्राविधिक शिक्षालय रोज्नु विद्यार्थीहरुका लागि हितकर हुने शिक्षाविद्हरुको भनाइ छ । 

कोशी प्रदेशमा शैलजा आचार्य स्मृ िपोलिटेक्निक जहदा ४, मनमोहन पोलिटेक्निकलगायका प्राविधिक शिक्षालयहरु परिषद्को साझेदारीमा गुणस्तरीय सीप प्रदान गरिरहेको छ । शैलजा आचार्य पोलिटेक्निकले सहुलियत शुल्कमा प्राविधिक शिक्षा प्रदान गर्दै आएको प्रिन्सिपल सन्त अधिकारीको भनाइ छ । 

विराटनगरबाट देवकोटाचोक, हाटखोलादेखि पूर्व कटहरी गाउँपालिकास्थित हुलाकी राजमार्ग हुँदै  रामचोकबाट नहरको बाटो ५ सय मिटर दक्षिण गएपछि जहदा गाउँपालिका ४ स्थित ५ विघा क्षेत्रफलमा फैलिएको शैलजा आचार्य स्मृति पोलिटेक्निक आइपुग्छ । जीवनमा केही गर्ने सपना भएपनि अनेकौ कारणले घरमा गृहणी जीवन विताइरहेकी महिलाहरुलाई तीन महिने सिलाई कटाई तालिमबाट सीप बाँड्न सुरु गरेको पोलिटेक्निकले अहिले सिटिइभिटीको साझेदारीमा प्राविधिक शिक्षातर्फ नौ वटा शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ । 

पोलिटेक्निकले सुशासनका पक्षधर, ग्रामिण क्षेत्रवासीको सुखदुःखका सहयात्री, सहाशिक नेतृ शैलजा आचार्यले प्राविधिक शिक्षाको माध्यमले समाज परिवर्तन गर्ने देख्नुभएको सपना पूरा गर्न सहुलियत शूल्कमा एसईई उतिर्ण विद्यर्थीका साथै उच्च शिक्षा हासिल गरेर पनि बेरोजगार बसेकाहरुलाई शान्त, ग्रामिण तथा प्राकृतिक मनोरम वातावरणमा प्राविधिक शिक्षा आर्जन गर्ने अवसर प्रदान गरेको छ । 

यस पोलिटेक्निकले मुलुकको अर्थतन्त्रको आधारस्तम्भ कृषि क्षेत्रका लागि सीपयुक्त प्राविधिक तयार पार्न कृषि र भेटेनरीतर्फ १८ महिने जेटिए, वाली विज्ञान र पशु विज्ञानतर्फ ३ वर्षे आई एससी एजीको कक्षा सञ्चालन गर्दै आएको छ । यो शैक्षिक कार्यक्रमले सरकारी जागिर प्राप्त गर्नुका साथै आफ्नै खेतबारीमा व्यवसायिक खेती र पशु पालन गर्ने ज्ञान प्रदान गर्छ । जेटिए  पढेकाले मात्रै विउबिजन, बिषादी तथा भेटेनरी पसल सञ्चालन गर्न पाउने कानुनी व्यवस्था भएपछि अहिले जेटिए अध्ययनमा आकर्षण थपिएको हो । 

यस पोलिटेक्निकबाट कृषितर्फ आईएससी एजी उतिर्ण गरेपछि बीमा कम्पनीमा काम गरिरहेका रतुवामाई–५ का धनराज साहले एसईई उतिर्ण गरेपछि के पढ्ने बारे सुरुमा दुबिधामा परेको तर पछि शैलजा आचार्य पोलिटेक्निकबाट कृषिमा आईएससी एजी अध्ययन गरेर अहिले एक बीमा कम्पनीमा कृषि प्राविधिकको रुपमा जागिर गरिरहेको बताएका हुन् । अहिलेको समयमा कम शुल्कमा सीपमूलक शिक्षा आर्जन गरेपछि केही नभए स्वरोजगारी हुन केहीले पनि नछेक्ने उनको भनाइ छ ।  

पोलिटेक्निकले सेवामुलुक व्यवसाय सञ्चालनका साथै सरकारी जागिरमा पनि अवसर प्राप्त गर्ने इञ्जिनियरिङतर्फ १८ महिने सर्भे अमिन, कम्प्युटर आईटी र ३ वर्षे सिभिल ओभरसियरको कक्षा सञ्चालन गर्दै आएको छ । 

यस पोलिटेक्निकबाट कम्प्युटर आईटी उतिर्ण गरेपछि जीवन विकास समाजमा काम गरिरहेका जहदा ३ का पवनकुमार मलाहले आफू पनि एसईई अध्ययन गरेपछि के पढ्ने बारे दुबिधामा रहेको तर गाउँका शिक्षित व्यक्तिहरुको सल्लाहमा शैलजा आचार्य पोलिटेक्निकबाट कम्प्युटर आईटी अध्ययन गरेर अहिले रोजगारी गरिरहेको बताएका छन् । उनले अहिलेको युगमा सीप हुनु आवश्यक भएको र त्यसको लागि सीपमूलक शिक्षा आर्जन गर्नु अहिलेको अपरिहार्यता भएको बताएका हुन् । 

स्वास्थ्यतर्फ स्टाफ नर्स, डिप्लोमा इन फार्मेसी, एच ए र विभिन्न कारणले उच्च शिक्षा आर्जन गर्नबाट बञ्चित भएर गृहणी जीवन विताउन बाध्य महिला तथा युवतीहरुका लागि स्वरोजगार बनाउन तीन महिने सिलाइ कटाई तालिम यस पोलिटेक्निकले सञ्चालन गर्दै आएको छ ।

यस पोलिटेक्निकबाट १८ महिने अनमी उतिर्ण गरेपछि अहिले स्टाफ नर्स अध्ययनरत अल्पसंख्यक सन्थाल समुदायकी सरिता हेमरमले शैलजा आचार्य पोलिटेक्निकले राम्ररी पठन पाठन सञ्चालन गर्नुका साथै प्रत्यक्ष निगरानीमा कोशी अस्पतालमा प्रयोगात्मक अभ्यास गराएकाले दक्षता प्राप्त हुने गरेको बताइन् ।  

यो पोलिटेक्निक ग्रामिण क्षेत्रका लागि बरदान साबित भएको भन्नुहुन्छ स्थानीय वृद्ध मोहनलाल महतोले शैलजा आचार्यले पोलिटेक्नि स्थापना गरेपछि यस क्षेत्रका विपन्न, गरीव, दलित, निम्न आय भएका परिवारका विद्यार्थीहरु एसईई उतिर्ण गर्न विद्यालय जान थालेको बताएका छन् । उनले समाजको हरेक वर्गमा शिक्षाको पहुँच पुर्याउनुका साथै पोलिटेक्निकले प्रदान गर्दै आएको सीपमूलक शिक्षाले रोजगारीसमेत प्राप्त गरेर सुखमय जीवन बिताइरहेकोले यस क्षेत्रका लागि यो पोलिटेक्निक बरदान साबित भएको बताएका हुन् ।   

शैलजा आचार्यले देख्नु भएको सपना पूरा गर्न २०५६ सालमा स्थापना गर्नु भएको पिताजी कृष्ण प्रसाद कोइराला ट्रष्टमार्फत सीटीईभीटीको साझेदारीमा २०५८ सालदेखि सञ्चालित पोलिटेक्निकले प्राविधिक ज्ञान प्रदान गर्दै आएको छ । यस पोलिटेक्निकले सञ्चालन गर्दै आएको १८ महिने तालिमले सरकारी जागिरका साथै स्वरोजगारी एवं व्यवसायी बन्ने सीप प्रदान गरिरहेको छ भने तीन वर्षे प्राविधिक शिक्षा आर्जन गर्नेलाई स्वदेशका साथै विदेशमा गएर समेत रोजगारीको ढोका खोलिदिएको छ । 

शैलजा आचार्य स्मृति पोलिटेक्निकका प्रिन्सिपल अधिकारीले न्यूनतम तथा सहुलियतपूर्ण शूल्कमा अध्ययनका लागि सञ्चालित सीपमूलक शैक्षिक कार्यक्रममा सहभागी भइ अबसरको फाइदा उठाउन एसईई उतिर्ण भएका विद्यार्थीहरुलाई आह्वान गरेका छन् । 

प्रकाशित : १३ असार २०८२, शनिबार 18:30
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
निर्देशक : अमरेन्द्र प्रसाद यादव, ९८४२८४४४४४
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved