२६ वैशाख २०८२, शुक्रबार 09 May 2025, Friday

पहाडी क्षेत्रमा चट्याङ्गसहित वर्षाको सम्भावना

२६ वैशाख २०८२, शुक्रबार

Advertisement

विराटनगर– हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै बङ्गालको खाडी र अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाले पनि देशको मौसममा आंशिक प्रभाव पारेको विभागको भनाइ छ।

यस मौसमी प्रभावका कारण हाल देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहँदा बाँकी भूभागमा मौसम मुख्यतः सफा देखि आंशिक बदली रहेको छ। बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको जानकारी प्राप्त भएको छ।

आज दिउँसो पनि देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने अन्य भागमा मौसम प्रायः सफा रहने अनुमान गरिएको छ। पहाडी भूभागका थोरै स्थान र बाँकी भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

त्यस्तै हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना पनि रहेको छ।महाशाखाले चट्याङसहितको वर्षाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन नागरिकहरूलाई अनुरोध गरेको छ।
 

प्रकाशित : २६ वैशाख २०८२, शुक्रबार 06:37
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved