विराटनगर– विराटनगर महानगरपालिकाले पशुपालक कृषक समूहलाई च्याप कटर वितरण गरेको छ ।
कृषकहरुलाई पशुपालनतर्फ आकर्षित गर्ने उद्देश्यले ७५ प्रतिशत अनुदानमा च्याप कटर वितरण गरिएको महानगरका कृषि तथा पशुपंक्षी शाखाका संयोजक हीरालाल यादवले जानकारी दिए ।
कार्यक्रममा कार्यबाहक महानगर प्रमुख शिल्पा निराला कार्की, आर्थिक विकास समितिका संयोजक श्याम घिमिरे, सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलिया, आर्थिक विकास महाशाखा प्रमुख प्रतीक गड्तौला, कृषि तथा पशुपंक्षी शाखा संयोजक हीरालाल यादवलगायतले कृषक समूहलाई च्याप कटर हस्तान्तरण गरेका थिए ।
महानगरपालिकामा दर्ता भएका पशुपालक कृषक समूहलाई २२ थान च्याप कटर हस्तान्तरण गरिएको संयोजक यादवले जानकारी गराए । एउटा च्याप कटरको ३३ हजार रुपैयाँ मूल्य रहेको उनले बताए । विराटनगर ३, ४, ६, १२, १८, १९ लगायतका वडाका पशुपालक कृषक समूहले च्याप कटर प्राप्त गरेका छन् ।
स्थानीय सरकार
निमितको भरमा नगरपालिका चलाउन खोज्दा स्थानीयवासीले गरे राजविराज नगरपालिकामा तालाबन्दी
द नेप्लिज संवाददाताअत्यधिक गर्मीका कारण विराटनगरका विद्यालय तीन दिन बन्द
द नेप्लिज संवाददाताइग्नाइट फाउण्डेशनको विराटनगरमा जलसेवा
द नेप्लिज संवाददातागर्मी छल्न विराटनगरका ज्येष्ठ नागरिकलाई पंखा वितरण
द नेप्लिज संवाददाताविराटनगर महानगरको बजेट ४ अर्ब ४० लाख (बजेटको पूर्णपाठसहित)
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares