विराटनगर– सुनसरीको हरिनगर गाउँपालिका–५ स्थित १२ घर अग्नि पीडित परिवारलाई नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशद्वारा राहत वितरण गरिएको छ । चैत्र १८ मा भएको आगलागीबाट घर तथा गोठहरु जलेर नष्ट भएको थियो ।
चैत्र १९ मा प्रत्येक पीडित घर परिवारका सदस्यहरुलाई ओढ्ने, ओछयाने कपडा, त्रिपाल, चामल, दाल लगायतका सामग्री वितरण गरिएको हो । राहत वितरणको क्रममा कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी राजन अधिकारीले विपदको समयमा पिडित परिवारलाई आइपरेका समस्यामा साथ दिन आएको बताए ।
आगलागी स्थलको डीआईजी अधिकारी, संघकी अध्यक्ष सुस्मिता केसी, सुनसरी प्रहरी प्रमुख एसपी सुमन कुमार तिम्सिना तथा हरिनगर गाउँपालिका अध्यक्ष गफार अंसारीले अवलोकन समेत गरेका थिए । यो राहतले ठूलो सहयोग पुगेको गाउँपालिकाका अध्यक्ष अंसारीले बताए । राहत वितरण कार्यक्रममा नेपाल प्रहरी श्रीमतीसंघ कोशी प्रदेशका पदाधिकारी तथा स्थानीय लगायत प्रहरी कर्मचारीहरुको उपस्थिति थियो ।
समाचार
अर्बपति विनोद चौधरीविरुद्धको मुद्दा सर्वोच्चमा १८ पटक पेसी
द नेप्लिज संवाददाताअर्बपति विनोद चौधरीविरुद्धको मुद्दामा सर्वोच्चले गरे १८ औँ पेसी स्थगित
द नेप्लिज संवाददातामन्त्री क्वाटरमा बिचौलियाले बिहानै घुसको ब्रिफकेस छाड्छनः शेखर कोइराला
द नेप्लिज संवाददाताकेन्द्रीय समितिले अनुशासन समितिको कारबाहीको विषयमा निर्णय लिन्छ : बालकृष्ण खाँड
द नेप्लिज संवाददाता‘नेपाल–भारतबीचको मैत्रीपूर्ण सम्बन्ध राज्य सत्ताले चाहेर पनि तोड्न सक्दैन’
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares