विराटनगर — सहकारी ठगी अभियोगमा पक्राउ परेकी नेपाली कांग्रेसकी सांसद माया राईविरुद्ध प्रहरीले दुई सातामै अनुसन्धान सकाएर मुद्दा दायर गरेको छ। वैशाख १३ मा काठमाडौँको कपनबाट पक्राउ परेकी राईविरुद्ध मंगलबार जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौँले दुई करोड ४० लाख ४४ हजार ७९० रुपैयाँ बराबरको विगो मागसहित मुद्दा दायर गरेको हो।
राईमाथि ठगीका साथै संगठित अपराधसम्बन्धी कसुरसमेत लगाइएको छ। यद्यपि संगठित अपराध अन्तर्गतको मुद्दामा ६० दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न सकिने कानुनी व्यवस्था भए पनि राईको हकमा प्रहरीले दुई सातामै अनुसन्धान सकाएको हो। हालै फौजदारी अनुसन्धान र अभियोजन प्रक्रियामा स्वेच्छाचारिता बढेको भन्दै आलोचना भइरहेका बेला यो घटनाले थप प्रश्न उठाएको छ।
उनीविरुद्ध करिब आठ महिनाअघि नै पक्राउ पूर्जी जारी गरिएको थियो। तर सत्ताको संरक्षणमा प्रहरीले उनलाई लामो समयसम्म पक्राउ गर्न सकेको थिएन। चौतर्फी दबाबपछि मात्र प्रहरीले दुई साता अघि उनलाई पक्राउ गरेको हो।
सांसद राईले स्वर्णलक्ष्मी सहकारीको सञ्चालक रहेको बेला दुई करोडभन्दा बढी रकम हिनामिना गरेको आरोप छ। सोही आधारमा उनीविरुद्ध उक्त रकम बराबरको विगो माग गरिएको हो।
अनुसन्धानका क्रममा उनले सहकारीको निर्णयपुस्तिकामा रहेको हस्ताक्षर आफ्नो भएको स्वीकार गरेको प्रहरीले जनाएको छ।काठमाडौँस्थित स्वर्णलक्ष्मी सहकारीसहित विभिन्न पाँच सहकारीमा भएको ठगी प्रकरणमा माया राईसँगै ओखलढुंगाका गितेन्द्र राई र पूर्वगृहमन्त्री रवि लामिछानेसमेत आरोपी छन्।
# माया राई
अर्थ/वाणिज्य
मौद्रिक नीतिमा पूर्वका उद्योगी व्यवसायीको सुझावः मुल्यांकनको ७० प्रतिशत घरजग्गा कर्जाको व्यवस्था हुनुपर्छ
द नेप्लिज संवाददाताप्रदेशसभाबाट कोशी प्रदेश सरकारले आउँदो वर्षका लागि ल्याएको बजेट पारित
द नेप्लिज संवाददातासञ्चारकर्मी सहकारीद्वारा चार पुरस्कारका लागि नाम छनोट, असार २७ गते पुरस्कृत गरिने
द नेप्लिज संवाददातामौद्रीक नीति : नीतिगत दर घट्यो, निजी क्षेत्रतर्फको कर्जा वृद्धि १२ प्रतिशत (पूर्णपाठ)
द नेप्लिज संवाददातारंगेली सवस्टेशनमा २४ एम्भीएको पावर ट्रान्सफर्मर जडान, सेवाग्राहीलाई विद्युत आपुर्ति सहज बन्दै
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares