काठमाडौँ - सरकारले सोमबार साँझ नेपाल स्टक एक्सचेन्जको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को रुपमा चूडामणि चापागाईँको नामलाई सदर गरेको छ । मन्त्रिपरिषद्को बैठकको उक्त निर्णय अनुसार राजश्व सचिव दिनेश कुमार घिमिरेले चूडामणिलाई नियुक्ति पत्र हस्तान्तरण गरेका छन् ।
नेप्से सीईओका लागि गत फागुन १२ मा पहिलोपटक आवेदन आह्वान हुँदा १२ जना प्रतिस्पर्धी अगाडि आएका थिए । तीमध्ये यही चैत ३ मा अर्थ मन्त्रालयले सहसचिव सेवन्तक पोखरेलको संयोजकत्वमा गठन गरेको नियुक्ति सिफारिस समितिले ५ जनाको नाम सिफारिस गरेको थियो ।
उक्त सूचीमा चापागाईँ पहिलो नम्बरमा थिए । उनीसहित नारदकुमार लुइँटेल, पूर्णप्रसाद आचार्य, बद्रीप्रसाद प्याकुरेल र हेमन्त बस्याल पनि लाममा थिए । अघिल्लो पटकको मन्त्रिपरिषद् बैठकमै नारद लुइँटेल नियुक्त भएको सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले नै जानकारी दिएका थिए । तर सो निर्णय मन्त्रिपरिषद्को आधिकारिक निर्णयको सूचीमा भने आएन ।
नियुक्त गर्ने निर्णय भए पनि प्रमाणित नगरी अर्को निर्णय गरिएको हो । अलपत्र परेपछि अहिले चापागाईँलाई नियुक्ति गरेको छ । सीईओ नियुक्त भएका चापागाईँ पूर्वबैंकर हुन् ।
सानिमा बैंकको इटहरी शाखाका ब्रान्च म्यानेजरको रूपमा ३ वर्ष र असिस्टेन्ट जनरल म्यानेजरको रूपमा युनियन लाइफ इन्स्योरेन्समा काम गरेको उनीसँग अनुभव छ । उनले सानिमा लाइफ इन्स्योरेन्समा डेपुटी जनरल पनि रहे ।
अर्थ/वाणिज्य
प्रदेशसभाबाट कोशी प्रदेश सरकारले आउँदो वर्षका लागि ल्याएको बजेट पारित
द नेप्लिज संवाददातासञ्चारकर्मी सहकारीद्वारा चार पुरस्कारका लागि नाम छनोट, असार २७ गते पुरस्कृत गरिने
द नेप्लिज संवाददातामौद्रीक नीति : नीतिगत दर घट्यो, निजी क्षेत्रतर्फको कर्जा वृद्धि १२ प्रतिशत (पूर्णपाठ)
द नेप्लिज संवाददातारंगेली सवस्टेशनमा २४ एम्भीएको पावर ट्रान्सफर्मर जडान, सेवाग्राहीलाई विद्युत आपुर्ति सहज बन्दै
द नेप्लिज संवाददातावनमन्त्रीको गृह जिल्लामा नै बिरुवा उत्पादनै नगरी भुक्तानी
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares