८ साउन २०८२, बिहीबार 24 Jul 2025, Thursday

धनपालथानको शैक्षिक र धार्मिक संस्थाहरुको अध्ययन पुस्तक सार्वजनिक

द नेप्लिज संवाददाता
७ साउन २०८२, बुधबार

विराटनगर– धनपालथान गाउँपालिकाको धार्मिक तथा शैक्षिक संस्थाहरुको अध्ययन पुस्तक सार्वजनिक गरिएको छ । गाउँपालिकाको आर्थिक सहयोगमा प्रकाश इन्भेष्टमेन्ट प्रा.लि. विराटनगरले उक्त पुस्तक सार्वजनिक गरेको हो । 

धनपालथान गाउँपालिकाका अध्यक्ष जीवछप्रसाद गच्छदार, उपाध्यक्ष नसिमा वानो, प्रमुख प्रशासकीय अधिकृत रिता खतिवडा तथा गाउँपालिकाका वडाध्यक्षहरुले बुधबार उक्त पुस्तकको विमोचन गरेका छन् ।

वरिष्ठ पत्रकार यज्ञप्रसाद शर्मा, नेपाल पत्रकार महांघ मोरङका सहसचिव श्यामसुन्दर सुतिहार, मकालु टेलिभिजनका पत्रकारद्वय उषा सरकार र पदम सरदारले सम्पादन गरेको उक्त पुस्तकमा समेटिएका विषयहरुको अध्ययनका लागि विज्ञ टोलीमा पत्रकार शर्मा, प्राडा. रामलाल सुतिहार र वीरेन्द्र शर्मा रहेका हुन् । 

२४५ पृष्ठ लामो उक्त पुस्तकमा धनपालथान गाउँपालिकाको जनसांख्यिक विवरण, शैक्षिक र धार्मिक अवस्थाको बारेमा गरिएको अध्ययन र सुझाव प्रस्तुत गरिएको छ । पालिकाको धार्मिक र शैक्षिक संस्थाको वडागत तथ्यांक पुस्तकमा समेटिएको छ । कुन वडामा कति वटा विद्यालय, स्थापनाको इतिहास, अचल सम्पति, त्यसमा अध्ययनरत विद्यार्थीको बारेमा यो पुस्तकमा समेटिएको छ । पुस्तकमा पालिकास्थित कुन वडामा कुन कुन धार्मिक संस्था, ग्रामथान, मझीथान, मन्दिर, मस्जिद, चर्च रहेको बारे उल्लेख छ । यो पुस्तक यस पालिकाको शैक्षिक र धार्मिक अवस्थाको अध्ययनका लागि उपयोगि सिद्ध हुनेछ । पुस्तकमा सामान्य भाषागत त्रुटी बाहेक अत्यन्तै आकर्षक र पठनीय रहेको देखियो 

पालिकास्थित ७ वटै वडाको विद्यालय, त्यसको स्थापना, भौतिक संरचना र विद्यार्थीको बारेमा उक्त पुस्तकमा विवरण प्रस्तुत गरिएको छ । केही विद्यालयमा कार्यरत शिक्षकको विवरण उल्लेख भए पनि अन्य विद्यालयमा कार्यरत शिक्षकको बारेमा अध्ययन गर्न बाँकी देखियो । 

पुस्तकमा विद्यालयको भौतिक संरचना अभाव र शिक्षक–विद्यार्थीको अनुपातमा विद्यार्थीको संख्या कम भएकोले मर्जरमा जानुपर्ने सुझाव दिइएको छ । विद्यालयहरुमा शैक्षिक वातावरण, शिक्षकको अवस्था, शिक्षाको गुणस्तर, विद्यार्थी भर्नाको अवस्था, विद्यार्थीको संख्या कम हुनुको कारण खोजि गर्न बाँकी देखियो । पालिकाको जनसंख्या अनुपातमा विद्यालय भए नभएको, शिक्षक र विद्यार्थीको अनुपातको अवस्थाका बारेमा अध्ययन हुन बाँकी छ । 

विद्यालयहरुमा भौतिक संरचना के कस्तो अभाव रहेको र विद्यार्थीलाई अध्ययनका लागि आवश्यक कक्षाकोठा को अवस्थाको बारेमा समेत अध्ययन गर्नुपर्ने देखियो । विद्यालयहरुको शैक्षिक गुणस्तर र शैक्षिक वातावरणको बारेमा समेत अध्ययन हुन काँकी रहेको देखियो ।  

पुस्तकमा पालिकास्थित ग्रामथान, मन्दिर, मस्जिद, चर्चको बोरमा उल्लेख गरिएको छ । हिन्दु र मुस्लिमको बसोबास रहेको यस क्षेत्रमा हिन्दुधर्माब्लम्बी सन्थाल समुदाय धर्म परिवर्त गरेर किन इसाई धर्माब्लम्बी भएको विषयमा अध्ययन हुन बाँकी रहेको छ । यो अध्ययन र पुस्तक प्रकाशनका लागि गाउँपालिकाले प्रकाश इन्भेष्टमेन्ट प्रा.लि.लाई ४ लाख ८३ हजार रुपैयाँ निकासा दिएको पालिकाले जनाएको छ । 

कार्यक्रममा धनपालथान गाउँपालिका अध्यक्ष गच्छदार, उपाध्यक्ष बानो, प्रमुख प्रशासकीय अधिकृत खतिवडालगायत सहभागीहरुले पुस्तकको बारेमा आ–आफ्ना विचार व्यक्त गरेका थिए । 

प्रकाशित : ७ साउन २०८२, बुधबार 20:13
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
निर्देशक : अमरेन्द्र प्रसाद यादव, ९८४२८४४४४४
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved