विराटनगर– बरगाछी युवा समूह र स्रष्टा नेपालको संयुक्त आयोजनामा विराटनगरमा ‘आर्म रेस्लिङ किंग एण्ड क्विन’ प्रतियोगिता हुने भएको छ । मोरङ बडी बिल्डिङ संघको समन्वय र इग्नाइट फाउण्डेशन र ढाठ युवा समुहको सहयोगमा विराटनगरमा साउन २६ गतेदेखि सुरु हुने जिल्लास्तरीय उक्त प्रतियोगिता भदौ २ गतेसम्म हुनेछ ।
पुरुष र महिला दुबैतर्फको प्रतियोगितामा सहभागिताका लागि आवेदन फारम विराटनगरस्थित जिमहरु, चिया स्टेशन एयरपोर्ट लाइन, ब्रेउ एण्ड चेउ क्याफे भट्टाचोक, इपिक डिनर एण्ड ग्रिल रेन्बो गल्ली, ओल्ड स्कूल क्याफे रोडशेष चोक, वृक्षालय क्याफे बुढीगंगामा वितरण भइरहेको आयोजक आकाश घिमिरेले बताएका छन् । उनले प्रतियोगितामा सहभागिताका लागि अनलाइन आवेदन समेत गर्न सकिने र मोरङ जिल्लास्थित सबै जिमहरुबाट पनि फारम वितरणको व्यवस्था गरिने बताएका हुन् ।
पुरुषतर्फ ६५ किलो र ६५ किलोमाथिको गरी दुई वटा विधामा र महिलातर्फ खुल्ला प्रतिस्पद्र्धा हुने प्रतियोगिता संयोजक रोबिन कार्कीले बताएका छन् । प्रतियोगितामा ६५ किलो माथिमा प्रथम हुनेलाई १ लाख ११ हजार, द्वितीय हुनेलाई ६० हजार, ६५ किलोसम्ममा प्रथम हुनेलाई ६० हजार र द्वितीय हुनेलाई ३० हजार र महिलातर्फ प्रथम हुनेलाई ५० हजार र द्वितीय हुनेलाई ३० हजार नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने उनले बताएका हुन् । उदयीमान खेलाडीको लागि समेत पुरस्कारको व्यवस्था रहेको संयोजक कार्कीले बताएका छन् ।
बरगाछी युवा समूह र स्रष्टा नेपालले गतवर्ष पनि रेस्लिङ प्रतियोगिता आयोजना गरेका थिए । आयोजक घिमिरेले युवाहरुलाई स्वस्थ्य रहन, अनुशासितका साथै सकारकात्मक सोच निर्माणका लागि सम्पूर्ण युवाहरुलाई एकिकृत गर्न र यो खेललाई अलग पहिचान दिलाउने उद्देश्यले प्रतियोगिता आयोजना गर्दै आएको बताएका छन् ।
संयोजक कार्कीले लागूऔषध दुर्व्यसनी न्युनीकरण गर्न, स्वास्थ्य जीवन, मस्त जीवनका लागि खेल्कुद भन्ने मूल नारासहित, युवालाई सांगठनिक रूपमा जोड्न, खेलकुदको माध्यमबाट एकिकृत, मर्यादित, अनुशासित र स्वस्थ्य रहन प्रोत्साहनका लागि प्रतियोगिता आयोजना गर्न लागिएको बताएका हुन् ।
आयोजक समितिका प्रवक्ता संजोग गौतमले यो खेललाई ब्यबसायिक, सांगठनिक र नेपाली खेलाडीहरुलाई यही खेलको माध्यमबाट अन्तराष्ट्रिय स्तरसम्म पुर्याउन र आउने दिनमा यसको सांगठनिक ढाँचा कोर्दै, देशभरिका शारीरिक सुगठनमा लागेका साथीहरूलाई एउटै छातामुनी ल्याउने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएकोले यस खेलमा लागेका खेलाडीहरुलाई सहभागिताका लागि आह्वान गरेका छन् ।
खेलकुद
इतिहास रच्दै नेपाली महिला टोली टी–२० विश्वकप छनोटमा प्रवेश
द नेप्लिज संवाददाताकाेशीमा ३५ जना क्रिकेटकाे ´ओ` लेभेल अम्पायर तयार
द नेप्लिज संवाददाताकराते प्रिमियर लिगमा एरिका गुरुङको ऐतिहासिक कास्य पदक
द नेप्लिज संवाददाताक्रिकेट फाउण्डेशनद्वारा कोशी र मधेसमा क्रिकेट खेल सामग्री वितरण
द नेप्लिज संवाददातातनाव, नाटकीयता र व्यक्तिगत उपलब्धिका कथा
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares