काठमाडौं– नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सरकारले आफूलाई न्याय दिएको बताएका छन् । सोमबार मन्त्रिपरिषद्बाट कार्यकारी निर्देशकमा नियुक्त भएसँगै मंगलबार सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले आफूलाई अधूरा योजना पूरा गर्ने अवसर मिलेको प्रतिक्रिया दिएका हुन् ।
शाक्यले यसअघि कार्यकारी निर्देशक भएर पनि काम गर्ने अवसर नपाएको उल्लेख गर्दै अब ती योजनाहरू पूरा गर्न आफ्नो ध्यान केन्द्रित हुने बताए । उनले यदि आफूलाई साढे ३ वर्षको कार्यकाल पूरा गर्न दिइएको भए, अहिले देखिएको समस्या नै नआउने दाबी गरे ।
शाक्यले भने, ‘मैंले चार वर्षका लागि नियुक्ति पाएको थिएँ । तर कुलमान घिसिङलाई थप समय दिइयो, जसका कारण म साढे ३ वर्ष मात्र काम गर्न पाइनँ । अदालतले समयमा निर्णय नगर्दा मेरा योजनाहरू अघि बढ्न सकेनन् । सरकारबाट न्याय हुन्छ भन्ने लागेको थियो र सरकारकै निर्णयले त्यो पुष्टि गरेको छ ।’
उनले नियुक्ति पत्र औपचारिक रूपमा नपाए पनि आफ्नो जिम्मेवारी निर्वाह गर्न तयार रहेको बताए । शाक्यले घरायसी ग्राहकलाई लोडसेडिङ नहुने स्पष्ट पारेका छन् । उनले भने, ‘लोडसेडिङ बिजुलीको आपूर्ति पर्याप्त भएमा मात्र हट्छ । अहिले पनि भारतबाट बिजुली आयात गरी व्यवस्थापन गरिएको छ । घरमा लोडसेडिङको समस्या हुँदैन तर उद्योग क्षेत्रमा देखिएको समस्या समाधान गर्न विशेष योजना लागू गरिनेछ ।’
उनका अनुसार औद्योगिक क्षेत्रमा लोडसेडिङको समस्या आगामी एकदेखि डेढ महिनासम्म रहन सक्छ । उनले भने, ‘लोडसेडिङ शून्य बनाउने ग्यारेन्टी गर्न सक्दिन, तर अहिलेको तुलनामा धेरै घटाउने प्रयास हुनेछ । आवश्यक परे २–४ पैसा महँगो तिरेर भए पनि लोडसेडिङ व्यवस्थापन गर्नुपर्ने हुन्छ र मेरो प्रयास त्यही रहनेछ ।’
अर्थ/वाणिज्य
मौद्रिक नीतिमा पूर्वका उद्योगी व्यवसायीको सुझावः मुल्यांकनको ७० प्रतिशत घरजग्गा कर्जाको व्यवस्था हुनुपर्छ
द नेप्लिज संवाददाताप्रदेशसभाबाट कोशी प्रदेश सरकारले आउँदो वर्षका लागि ल्याएको बजेट पारित
द नेप्लिज संवाददातासञ्चारकर्मी सहकारीद्वारा चार पुरस्कारका लागि नाम छनोट, असार २७ गते पुरस्कृत गरिने
द नेप्लिज संवाददातामौद्रीक नीति : नीतिगत दर घट्यो, निजी क्षेत्रतर्फको कर्जा वृद्धि १२ प्रतिशत (पूर्णपाठ)
द नेप्लिज संवाददातारंगेली सवस्टेशनमा २४ एम्भीएको पावर ट्रान्सफर्मर जडान, सेवाग्राहीलाई विद्युत आपुर्ति सहज बन्दै
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares