५ साउन २०८२, सोमबार 21 Jul 2025, Monday

६ सय ६१ उद्यमी स्टार्टअप कर्जाका लागि सिफारिस, तीन प्रतिशत ब्याजदरमा २५ लाखसम्म कर्जा पाइने

द नेप्लिज संवाददाता
२२ वैशाख २०८२, सोमबार

काठमाडौँ — औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले यस वर्ष ६ सय ६१ जना उद्यमीलाई स्टार्टअप कर्जाका लागि सिफारिस गरेको छ। आइतबार सूचना जारी गर्दै प्रतिष्ठानले तीन प्रतिशत ब्याजदरमा कर्जा दिन योग्य ठहरिएका उद्यमीको नाम सार्वजनिक गरेको हो।

चालु आर्थिक वर्षको बजेटमा सरकारले स्टार्टअप कर्जाका लागि १ अर्ब रुपैयाँ विनियोजन गरेको थियो। सोही बजेटअनुसार सिफारिसमा परेका उद्यमीहरूले न्यूनतम ५ लाखदेखि अधिकतम २५ लाख रुपैयाँसम्म कर्जा पाउनेछन्।

सिफारिसमा परेका उद्यमीले सूचना जारी भएको मितिबाट ४५ दिनभित्र तोकिएको बैंकको शाखा कार्यालयमा सम्पर्क गर्नु पर्नेछ। समयमै सम्पर्क नगरेमा परियोजना प्रस्तावसहित सिफारिस रकम स्वतः रद्द हुने प्रतिष्ठानले जनाएको छ। कुन बैंकको कुन शाखामा जानुपर्ने भन्ने सूचना प्रतिष्ठानले बिहीबारसम्म सार्वजनिक गर्ने बताइएको छ।

यसबाहेक अन्य कुनै सहुलियत कर्जा लिइसकेका उद्यमीको हकमा पहिलेको कर्जा पूरै भुक्तान भइसकेको हुनुपर्नेछ।कर्जा लिन जानु अघि उद्यमीहरूले निम्न कागजातहरू अनिवार्य रूपमा साथमा लैजानुपर्नेछ :

व्यवसाय दर्ता र नवीकरणको सक्कल प्रमाणपत्र

प्यान वा भ्याट दर्ताको सक्कल

नागरिकताको सक्कल

आर्थिक वर्ष २०८०/८१ को कर चुक्ता प्रमाणपत्र

अधिकृत व्यक्तिको पासपोर्ट साइज फोटो

व्यवसायको छाप

परियोजना लिज वा भाडामा सञ्चालनमा रहेको भए सम्झौतापत्र

व्यवसायको प्रकृति अनुसार आवश्यक अनुमति पत्रहरू

सरकारले युवा उद्यमशीलता प्रवद्र्धन गर्न ल्याएको स्टार्टअप कर्जा कार्यक्रम अन्तर्गत यस वर्ष उल्लेखनीय संख्यामा उद्यमी लाभान्वित हुने अपेक्षा गरिएको छ।
 

प्रकाशित : २२ वैशाख २०८२, सोमबार 18:27

थप समाचार

अर्थ/वाणिज्य

मौद्रिक नीतिमा पूर्वका उद्योगी व्यवसायीको सुझावः मुल्यांकनको ७० प्रतिशत घरजग्गा कर्जाको व्यवस्था हुनुपर्छ

द नेप्लिज संवाददाता

प्रदेशसभाबाट कोशी प्रदेश सरकारले आउँदो वर्षका लागि ल्याएको बजेट पारित

द नेप्लिज संवाददाता

सञ्चारकर्मी सहकारीद्वारा चार पुरस्कारका लागि नाम छनोट, असार २७ गते पुरस्कृत गरिने

द नेप्लिज संवाददाता

मौद्रीक नीति : नीतिगत दर घट्यो, निजी क्षेत्रतर्फको कर्जा वृद्धि १२ प्रतिशत (पूर्णपाठ)

द नेप्लिज संवाददाता

रंगेली सवस्टेशनमा २४ एम्भीएको पावर ट्रान्सफर्मर जडान, सेवाग्राहीलाई विद्युत आपुर्ति सहज बन्दै

द नेप्लिज संवाददाता
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
निर्देशक : अमरेन्द्र प्रसाद यादव, ९८४२८४४४४४
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved