काठमाडौं– नेपाल सिमेन्ट उत्पादक संघ, स्टिल उत्पादक संघ र नेपाल धागो उत्पादक संघले औद्योगिक क्षेत्रमा लोडसेडिङ यथावत् रहेको गुनासो गर्दै नेपाल विद्युत प्राधिकरणले झुटो प्रचार गरेको आरोप लगाएका छन् ।
आइतबार संयुक्त पत्रकार सम्मेलन गर्दै उद्योगीहरूले २०७५ साल वैशाख ३१ मा नेपाल विद्युत प्राधिकरणले देशभर लोडसेडिङ अन्त्य भएको घोषणा गरे पनि त्यसयता उद्योगहरू दैनिक २ देखि १० घण्टासम्म लोडसेडिङको मारमा परेको दाबी गरे ।
संघका पदाधिकारीहरूका अनुसार २०७५ सालदेखि अहिलेसम्म हरेक वर्ष पुसदेखि जेठसम्म उद्योगहरूमा लोडसेडिङ भइरहेको छ । उद्योगीहरूले विद्युत प्राधिकरणले पटक–पटक लोडसेडिङ नभएको बताउँदै आए पनि वास्तविकता भने फरक रहेको जिकिर गरे ।
संघले प्राधिकरणले उद्योगीहरूलाई चौबिसै घण्टा बिजुली आपूर्ति गर्न नसकेको भए पनि औपचारिक रूपमा लोडसेडिङको तालिका नदिएको गुनासो गरेको छ ।
‘प्राधिकरणले लोडसेडिङ भएको छैन भन्ने प्रचार गर्दै आए पनि उद्योगहरूले दैनिक २ घण्टा, ४ घण्टा, ६ घण्टा हुँदै १० घण्टासम्म लोडसेडिङ भोग्दै आएका छन् । चौबिसै घण्टा बिजुली आवश्यक पर्ने उद्योगहरू आधा समय मात्र सञ्चालन हुँदा उत्पादनमा गम्भीर असर परेको छ,’ विज्ञप्तिमा उल्लेख छ।
उद्योगीहरूले नेपालको संविधान, ऐन, नियम र सरकारी निर्देशनअनुसार उद्योग सञ्चालन गर्दै आएको तर आवश्यक विद्युत आपूर्ति नहुँदा ठूलो आर्थिक नोक्सानी बेहोर्नुपरेको बताए ।
उद्योगीहरूले चौबिसै घण्टा विद्युत आपूर्ति गर्न नसक्ने भए प्राधिकरणले उद्योगहरूमा लोडसेडिङ भएको सूचना औपचारिक रूपमा सार्वजनिक गर्न माग गरेका छन् ।
‘विद्युत् बिना उद्योग चल्न सक्दैन । यदि राज्यले उद्योगलाई आवश्यक बिजुली दिन सक्दैन भने उद्योगहरू बन्द गर्न बाध्य हुनेछन्, जसले रोजगारी गुम्ने, राजस्व घाटा हुने र समग्र अर्थतन्त्र कमजोर हुने खतरा छ,’ उद्योगीहरूको भनाइ छ ।
नेपाल उद्योग वाणिज्य महासंघलगायत उद्योगी संघहरूले पनि उद्योग सञ्चालनका लागि नियमित बिजुली आपूर्ति आवश्यक रहेको बताउँदै आएका छन् । यदि तत्काल समाधान नभए उद्योगीहरूले सरकारसमक्ष सशक्त दबाब दिने चेतावनी दिएका छन् ।
अर्थ/वाणिज्य
मौद्रिक नीतिमा पूर्वका उद्योगी व्यवसायीको सुझावः मुल्यांकनको ७० प्रतिशत घरजग्गा कर्जाको व्यवस्था हुनुपर्छ
द नेप्लिज संवाददाताप्रदेशसभाबाट कोशी प्रदेश सरकारले आउँदो वर्षका लागि ल्याएको बजेट पारित
द नेप्लिज संवाददातासञ्चारकर्मी सहकारीद्वारा चार पुरस्कारका लागि नाम छनोट, असार २७ गते पुरस्कृत गरिने
द नेप्लिज संवाददातामौद्रीक नीति : नीतिगत दर घट्यो, निजी क्षेत्रतर्फको कर्जा वृद्धि १२ प्रतिशत (पूर्णपाठ)
द नेप्लिज संवाददातारंगेली सवस्टेशनमा २४ एम्भीएको पावर ट्रान्सफर्मर जडान, सेवाग्राहीलाई विद्युत आपुर्ति सहज बन्दै
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares