विराटनगर— सहकारी ठगीसम्बन्धी आरोपमा पक्राउ परेकी नेपाली कांग्रेसकी सांसद माया राईलाई काठमाडौँ जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ।न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले सांसद राईलाई १० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको अदालतका सूचना अधिकारी दीपक कुमार श्रेष्ठले जानकारी दिए।
राई काठमाडौँको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको सञ्चालकसमेत रहेकी थिइन्। उनकै कार्यकालमा उक्त सहकारीमा ठूलो मात्रामा रकम हिनामिना भएको प्रहरी अनुसन्धानमा देखिएको छ।
गत वर्ष भदौ २ मा नै उनीविरुद्ध पक्राउ पूर्जी जारी भए पनि लामो समयसम्म सत्ताको संरक्षणमा उनी जोगिएको आरोप लाग्दै आएको थियो। तीव्र आलोचनापछि वैशाख १३ मा प्रहरीले उनलाई पक्राउ गरेको थियो।
जिल्ला सरकारी वकिलको कार्यालयमार्फत मंगलबार सहकारी ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दा दायर गरिएको छ। तर राईविरुद्धको अनुसन्धान फितलो रहेको भन्दै प्रहरी र सरकारी वकिलको कार्यालयमाथि प्रश्न उठ्न थालेको छ।
#माया# राई
अर्थ/वाणिज्य
मौद्रिक नीतिमा पूर्वका उद्योगी व्यवसायीको सुझावः मुल्यांकनको ७० प्रतिशत घरजग्गा कर्जाको व्यवस्था हुनुपर्छ
द नेप्लिज संवाददाताप्रदेशसभाबाट कोशी प्रदेश सरकारले आउँदो वर्षका लागि ल्याएको बजेट पारित
द नेप्लिज संवाददातासञ्चारकर्मी सहकारीद्वारा चार पुरस्कारका लागि नाम छनोट, असार २७ गते पुरस्कृत गरिने
द नेप्लिज संवाददातामौद्रीक नीति : नीतिगत दर घट्यो, निजी क्षेत्रतर्फको कर्जा वृद्धि १२ प्रतिशत (पूर्णपाठ)
द नेप्लिज संवाददातारंगेली सवस्टेशनमा २४ एम्भीएको पावर ट्रान्सफर्मर जडान, सेवाग्राहीलाई विद्युत आपुर्ति सहज बन्दै
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares