काठमाडौँ — भारत र पाकिस्तानबीच चार दिनसम्म चलेको सैन्य तनावपछि युद्धविराम भएको छ । तर सतर्कता स्वरूप एयर इन्डिया र इन्डिगोले मंगलबार सीमावर्ती क्षेत्रका आफ्ना केही उडानहरू रद्द गरेका छन्।
एयर इन्डियाले मंगलबार एक्स (पूर्वट्विटर) मा सार्वजनिक एडभाइजरी जारी गर्दै यात्रुहरूको सुरक्षालाई ध्यानमा राखी जम्मू, लेह, जोधपुर, अमृतसर, भुज, जामनगर, चण्डीगढ र राजकोटबाट हुने उडानहरू रद्द गरिएको जानकारी दिएको छ।
त्यस्तै इन्डिगो एयरलाइन्सले पनि जम्मू, अमृतसर, चण्डीगढ, लेह, श्रीनगर र राजकोटबाट मंगलबारका सबै उडान रद्द गरेको छ।दुवै एयरलाइन्सले यात्रुहरूलाई आवश्यक जानकारीका लागि आफ्नो वेबसाइट र हेल्पलाइनमा सम्पर्क गर्न अनुरोध गरेका छन्।
यसबीच भारत र पाकिस्तानका सेना प्रमुख स्तरका अधिकारी (डीजीएमओ) बीच सोमबार साँझ फोन संवाद भएको थियो। उक्त संवादमा युद्धविरामको कार्यान्वयनको आगामी चरणबारे छलफल भएको बीबीसीले जनाएको छ।
#भारत-पाकिस्तान
अर्थ/वाणिज्य
मौद्रिक नीतिमा पूर्वका उद्योगी व्यवसायीको सुझावः मुल्यांकनको ७० प्रतिशत घरजग्गा कर्जाको व्यवस्था हुनुपर्छ
द नेप्लिज संवाददाताप्रदेशसभाबाट कोशी प्रदेश सरकारले आउँदो वर्षका लागि ल्याएको बजेट पारित
द नेप्लिज संवाददातासञ्चारकर्मी सहकारीद्वारा चार पुरस्कारका लागि नाम छनोट, असार २७ गते पुरस्कृत गरिने
द नेप्लिज संवाददातामौद्रीक नीति : नीतिगत दर घट्यो, निजी क्षेत्रतर्फको कर्जा वृद्धि १२ प्रतिशत (पूर्णपाठ)
द नेप्लिज संवाददातारंगेली सवस्टेशनमा २४ एम्भीएको पावर ट्रान्सफर्मर जडान, सेवाग्राहीलाई विद्युत आपुर्ति सहज बन्दै
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares