विराटनगर– चुरे दोहन तथा अनियन्त्रित ढुंगागिट्टी उत्खननले भूमिगत जल सतह दिनप्रति दिन तल भासिदै गएर यतिखेर ट्यूवेल सुक्दा मधेस प्रदेशमा खानेपानीको हाहाकार भएको छ । मधेस प्रदेश सरकारले दम्कलमार्फत प्रदेशवासीको घर घरमा खानेपानी आपूर्ति गरिरहेको छ । तर चुरे दोहन र अनियन्त्रित ढुंगागिट्टी उत्खननमा रोक लगाउन सकेको छैन । यसले अझै खानेपानीकाो भयावह अवस्था सृजना हुने अवस्थामा पनि प्रदेश सरकारको चुरे संरक्षणमा ध्यानाकर्षण हुन सकेको छैन । साउन र भदौ महिनाभरि नदीजन्य पदार्थ उत्खनन तथा संकलन कानुनले प्रतिबन्ध लगाएको अवस्थामा पनि निर्बाध रुपमा उत्खनन भइरहेको देखिन्छ तर सरोकारवाला मौन छन् ।
लामो समयदेखि वर्षा नभएको र चुरे दोहन र अनियन्त्रित ढुंगागट्टी उत्खननले किसानहरुले सिँचाइका लागि जडान गरेको बोडिङमा समेत पानी आउन छोडिएपछि धान रोपाइँ हुन सकेको छैन । मधेस प्रदेशको आठ जिल्लामा सिँचाइका लागि सप्तरीमा चन्द्र नहर, कोशी पम्प नहर, रौतहट–सर्लाहीमा वागमति नहरलगायत कुलोबाट मात्रै सतह सिँचाइको व्यवस्था रहेको छ । यो नहरको पानीले मधेस प्रदेशस्थित खेति योग्य जग्गाको थोरै क्षेत्रफलमा सिँचाइ पुगेको छ । मधेस प्रदेशका किसान आकाशे पानी र भूमिगत सिँचाइको भरमा खेति गर्दै आएका छन् । तर लामो समयदेखि वर्षा नभएको र चुरे दोहनले भूमिगत जल सतह तल भासिदै गएकोले मधेस प्रदेशका किसानहरु त्राहिमामको अवस्थामा रहेको छ ।
मधेस सरकारले चुरे संरक्षणका लागि विशेष नीति, योजना र कार्यक्रम ल्याएर कडाइका साथ कार्यान्वयन गर्नुपर्ने अवस्थामा भएको कानून समेत कार्यान्वयनमा चासो देखाएको छैन तर दम्कलमार्फत खानेपानी आपूर्तिको नाटक मञ्चन गरिरहेको स्थानीय बुद्धिजिवी वर्गको गुनासो छ ।
सिरहा जिल्लास्थित गागन, घुर्मी, सर्रे, सहजा, बतहा, जिवा, भेडवा, मैनवती, कमला, बलान, खुट्टी खोलाका साथै वन क्षेत्रबाट समेत कानुनविपरित यतिखेर अबैध रुपमा नदीजन्य पदार्थ उत्खनन तथा संकलन भइरहेको छ । वन कर्मचारी, स्थानीय प्रशासन र स्थानीय निकायको मिलेमतोमा तस्करहरुले निर्वाध रुपमा ढुंगागिट्टी उत्खनन गरिरहेको दृष्य जताततै हेर्न पाइन्छ । जिल्लास्थित खोलानदी र चेरे क्षेत्रमा तस्करहरुले एक्जाभेटर लगाएर अनियन्त्रित रुपमा ढुंगागिट्टी, बालुवा उत्खनन गरिरहे पनि सरोकारवाला मौन छन् । चुरे दोहन नियन्त्रणमा देखिएको उदासिनताले मधेसप्रतिको मधेसी राजनीतिकलगायतका दल र सरकारी नीति र नियत उजागर भएको हो । ढुंगागिट्टीका तस्करको प्रभावमा यिनीहरु मौन रहेकाले मधेसमा खानेपानीको हाहाकार निम्तिन पुगेको छ ।
सिरहाको बन्दीपुर, चोहर्बा, गोलबजारलगायतको क्षेत्रमा वन क्षेत्रमा नै अहिले पनि ढुंगागिट्टी उत्खनन भइरहँदा पनि वन कर्मचारी मौन छन् । डिभिजन वन कार्यालय लहान सिरहाका प्रमुख शैलेन्द्रकुमार मिश्रले सव डिभिजन वन कार्यालय चोहर्बाका सहायक वन अधिकृत आबेद हुसेन, सव डिभिजन वन कार्यालय धनगढीका सहायक वन अधिकृत चन्देश्वर यादवलगायत सव डिभिजन प्रमुखमार्फत ढुंगागिट्टी तस्करबाट अबैध रकम असुली गर्दै आएकोले चुरेमा अनियन्त्रित उत्खनन भइरहेको काार्यालय स्रोतले जनाएको छ । वन कार्यालयका कर्मचारीहरुले अबैध रकम असुली गरेर वनमा गस्ति नगर्दा चोरी, तस्करीसँगै ढुंगागिट्टी, ग्रोभेलको अबैध उत्खनन् र निकासी भइरहेको स्थानीयको समेत गुनासो छ ।
सव डिभिजन वन कार्यालय चोहर्बाका प्रमुख सहायक वन अधिकृत हुसेनले वन क्षेत्रमा उत्खनन भइरहेको सुचना आफूहरुलाई नरहेको दावी गरेका हुन् । यस्तै भनाई अन्य सहायक वन अधिकृतहरुको समेत रहेको छ ।
डिभिजन वन कार्यालय लहानका प्रमुख मिश्रले वन क्षेत्रमा अबैध उत्खनन भइरहेको सूचना प्राप्त भए तत्काल कारवाहीको दायरमा ल्याउने दावी गरेका छन् । उनले पनि वन क्षेत्रमा उत्खनन भइरहेको सूचना आफूहरुलाई नरहेको दावी गरेका हुन् ।
मधेस प्रदेशका वन तथा वातावरणमन्त्री संजयकुमार यादवले ढुंगागिट्टी उत्खनन र निकासीमा स्थानीय तह, स्थानीय प्रहरी, प्रशासनसमेत जोडिएकोले यो अत्यन्तै संवेदनशील विषय भएको बताएका छन् । उनले वन क्षेत्रमा भइरहेको उत्खनन तत्काल रोक्न निर्देशन दिने प्रतिबद्धता जनाए ।
समाचार
अर्बपति विनोद चौधरीविरुद्धको मुद्दा सर्वोच्चमा १८ पटक पेसी
द नेप्लिज संवाददाताअर्बपति विनोद चौधरीविरुद्धको मुद्दामा सर्वोच्चले गरे १८ औँ पेसी स्थगित
द नेप्लिज संवाददातामन्त्री क्वाटरमा बिचौलियाले बिहानै घुसको ब्रिफकेस छाड्छनः शेखर कोइराला
द नेप्लिज संवाददाताकेन्द्रीय समितिले अनुशासन समितिको कारबाहीको विषयमा निर्णय लिन्छ : बालकृष्ण खाँड
द नेप्लिज संवाददाता‘नेपाल–भारतबीचको मैत्रीपूर्ण सम्बन्ध राज्य सत्ताले चाहेर पनि तोड्न सक्दैन’
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares