काठमाडौँ– नेपाल विद्युत् प्राधिकरण (नेविप्र) ले आफ्नो हालसम्मको उपलब्धि, वर्तमान अवस्था र आगामी रणनीतिहरू समेटिएको श्वेतपत्र सार्वजनिक गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक हितमान शाक्यले बिहीबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमार्फत श्वेतपत्र सार्वजनिक गरेका हुन्।
श्वेतपत्रमा प्राधिकरणले विद्युत् उत्पादन, प्रसारण, वितरण तथा वित्तीय सुधारका क्षेत्रमा हासिल गरेको प्रगति उल्लेख गरिएको छ। साथै हाल देखिएका संरचनागत चुनौती, आन्तरिक कमजोरी र उदीयमान सम्भावनाको विश्लेषण पनि समेटिएको छ।
कार्यकारी निर्देशक शाक्यका अनुसार भावी नीति तथा योजना निर्माणका लागि स्पष्ट दिशानिर्देश तय गर्न श्वेतपत्र जारी गरिएको हो। उनले प्राधिकरणलाई थप पारदर्शी, सक्षम र उपभोक्तामैत्री बनाउन प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।
श्वेतपत्रमा केन्द्रीय ग्रिडको सुदृढीकरण, विद्युत् निर्यातको सम्भावना विस्तार, निजी क्षेत्रको सहभागिता अभिवृद्धि र नवीकरणीय ऊर्जाको प्रवद्र्धनलगायत विषय प्राथमिकतामा राखिएको उल्लेख छ ।
अर्थ/वाणिज्य
मौद्रिक नीतिमा पूर्वका उद्योगी व्यवसायीको सुझावः मुल्यांकनको ७० प्रतिशत घरजग्गा कर्जाको व्यवस्था हुनुपर्छ
द नेप्लिज संवाददाताप्रदेशसभाबाट कोशी प्रदेश सरकारले आउँदो वर्षका लागि ल्याएको बजेट पारित
द नेप्लिज संवाददातासञ्चारकर्मी सहकारीद्वारा चार पुरस्कारका लागि नाम छनोट, असार २७ गते पुरस्कृत गरिने
द नेप्लिज संवाददातामौद्रीक नीति : नीतिगत दर घट्यो, निजी क्षेत्रतर्फको कर्जा वृद्धि १२ प्रतिशत (पूर्णपाठ)
द नेप्लिज संवाददातारंगेली सवस्टेशनमा २४ एम्भीएको पावर ट्रान्सफर्मर जडान, सेवाग्राहीलाई विद्युत आपुर्ति सहज बन्दै
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares