विराटनगर– सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाको लिस्तिस्थित भैरवकुण्ड केन्द्रविन्दु बनाएर गएको ६.१ म्याग्निच्युडको भूकम्पले मानवीय र ठूलो भौतिक क्षति भएको छैन । भोटेकोशी गाउँपालिकाकी उपाध्यक्ष दिछेन शेर्पाले अहिलेसम्म प्राप्त जानकारी अनुसार मानवीय र ठूलो भौतिक क्षति नभएको बताएकी हुन् ।
उनले सामान्यरुपमा पूराना केही घरहरु चर्केको जानकारी प्राप्त भएको छ । भूकम्प आएपछि सर्वसाधारण घरबाट बाहिर भागेका थिए । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापाले जिल्ला कारागारमा आत्तिएर भाग्नेक्रममा लड्दा एक जना कैदीको हात भाँचिएको र उनको जिल्ला अस्पतालमा उपचार भइरहेको बताए ।
उनले कोदारीस्थित प्रहरी चौकीको जवानहरु बस्ने भवनको भित्ता सामान्य चर्किएको बताए । भोटेकोशी गाउँपालिका– ३ स्थित दुगुनागढीमा पहिरो खसेको अहिलेसम्ममा प्राप्त जानकारीमा रहेको प्रजिअ थापाले बताए ।
भोटेकोशी गाउँपालिका–२ भैरवकुण्ड आसपास केन्द्र भएर गएको ६.१ म्याग्निच्युडको भूकम्पले सामान्य क्षति भएको सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले जानकारी दिएका छन् । मानवीय क्षति भएको सूचना प्राप्त नभएको उनले बताए । सिन्धुपाल्चोक प्रशासन कार्यालयका अनुसार कोदारीमा रहेको एउटा प्रहरी भवन चर्केको, वरिपरिका केही घर, कम्पाउण्डका पर्खाल भत्केको छ ।
नेपालीका अनुसार जिल्ला कारागार कार्यालयमा दुई बन्दी आँतिएर दोस्रो तल्लाबाट हाम फालेर भाग्ने क्रममा घाइते भएका छन् । सुरक्षा संयन्त्रहरूलाई विवरण संकलन गर्न भनिएको उनले बताए ।
सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–३ का वडाध्यक्ष निमा सोना शेर्पाले वर्षाको समयमा पहिरो गइरहने भूभागमा सुक्खा पहिरो खसेको बताएका छन् । भूकम्पको केन्द्रबिन्दु रहेको तुसारेस्थित दुगुनागढीमा पहिरो गएको हो । उनले भने,‘बस्ती निकै तल रहेकाले पहिरोले क्षति पुर्याएको छैन ।’
उनको अनुसार कोसी गाउँपालिकामा केही पूराना घर चर्किएका छन् । छोटो समय हल्लाएकाले क्षति हुन नपाएको उनी बताउँछन् । भूकम्पका कारण रातको समयमा निदाइरहेका मानिसहरू आत्तिँदै खुला ठाउँमा निस्किएका थिए। बीबीसीको अनुसार भारतको विहार र पश्चिम बंगालको उत्तरी क्षेत्र सम्म यो भूकम्पको झट्का पुगेको थियो ।
समाचार
केही स्थानमा वर्षा र हिमपातको सम्भावना
द नेप्लिज संवाददातागोली प्रहारबाट घाइते युवतीको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार हुँदै
द नेप्लिज संवाददाताचार महिनाको संघर्षपछि मृत्युको बाटो
द नेप्लिज संवाददातादलित किशोरीको शंकास्पद मृत्यु : पुरानो मुद्दासँग सम्बन्ध
द नेप्लिज संवाददाताराजावादी आन्दोलनमा एकता नहुँदा ज्ञानेन्द्र शाह दुखी
द नेप्लिज संवाददाताNo related news found based on tags.
Darbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares