२४ जेठ २०८२, शनिबार 07 Jun 2025, Saturday

अब्बल प्रहरी जवान हरदेव राजवंशीको शव फेला, अर्का जवान सुरज साउद अझै बेपत्ता

द नेप्लिज संवाददाता
२३ जेठ २०८२, शुक्रबार

Advertisement

विराटनगर – सप्तकोसी नदीमा उद्धार अभ्यासका क्रममा डुबेर बेपत्ता भएका सशस्त्र प्रहरी जवान हरदेव राजवंशीको शव फेला परेको छ। प्रहरीका अनुसार शुक्रबार कोसी ब्यारेजदेखि करिब दुई किलोमिटर दक्षिणतर्फ सप्तकोसी नदीमा उनको शव फेला परेको हो।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार थप अनुसन्धान र पोस्टमार्टमपछि शव परिवारको जिम्मा लगाइएको बताए। मधेस प्रदेश सशस्त्र प्रहरी बल कार्यालयका अनुसार शव झापाको गौरादह लगेर अन्त्येष्टि गरिएको छ।

राजवंशी सशस्त्र प्रहरी बलमा पौडी, दौड र अनुशासनमा अब्बल मानिन्थे। गत चैत १८ मा सशस्त्र प्रहरी बलको बराह वाहिनी पकलीको स्थापना दिवसका अवसरमा आयोजित प्रतियोगितामा उनले दौड, पौडी र अनुशासन तीनटै विधामा प्रथम हुँदै पुरस्कार जितेका थिए।

कोशी प्रदेशका उत्कृष्ट अनुशासित कर्मचारीका रूपमा उनलाई सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजीपी) राजु अर्यालले विशेष सम्मानसमेत गरेका थिए। चितवनको कुरिनटारस्थित सशस्त्र प्रहरी तालिम केन्द्रबाट गोताखोर तालिम लिएका राजवंशी अहिले मधेस प्रदेश प्रहरी कार्यालय बर्दिबासमा कार्यरत थिए। 

डेढ महिनाअघि मात्र उनी काज सरुवामा कोशी प्रदेशबाट मधेस प्रदेशमा खटिएका थिए। राजवंशीको असामयिक निधनले सिंगो सशस्त्र प्रहरी संगठनमा शोकको वातावरण छाएको छ। उनका श्रीमती र तीन वर्षीया छोरी छन्।

सप्तकोसीमा प्रहरी नायब उपरीक्षक (डीएसपी)को नेतृत्वमा गएको पाँच सदस्यीय गोताखोर टोलीको अभ्यासमा सहभागी भएका राजवंशी र अर्का जवान सुरज साउद बुधबार डुबेका थिए। राजवंशीको शव फेला परेपनि साउदको अवस्था अझै अज्ञात छ।

मधेस प्रदेश सशस्त्र प्रहरी बलका प्रमुख डीआइजी कृष्ण ढकालका अनुसार साउदको खोजीका लागि कुरिनटारबाट विशेष गोताखोरसहित ७० सदस्यीय टोली परिचालित गरिएको छ। प्रारम्भिक अनुसन्धानमा सप्तकोसी ब्यारेजमुनि बिछ्याइएका होम पाइपहरूमा उनीहरू फसेको अनुमान गरिएको छ। ती पाइपहरू नदीको बहाव व्यवस्थापनका लागि राखिएका हुन्।

#हरदेव #राजवंशी

प्रकाशित : २३ जेठ २०८२, शुक्रबार 19:18
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
निर्देशक : अमरेन्द्र प्रसाद यादव, ९८४२८४४४४४
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved