इलाम — परराष्ट्रमन्त्री तथा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले ‘भाइरल’ हुने लालसा र आपसी दोषारोपणको प्रवृत्ति कांग्रेसभित्र बढ्दै गएकाले पार्टी थप कमजोर बन्ने खतरा देखिएको चेतावनी दिएकी छन् । इलामको श्रीअन्तुमा सोमबार कांग्रेस जिल्ला कार्यसमितिद्वारा आयोजित अग्रज कार्यकर्ता भेटघाट तथा अन्तरक्रियामा बोल्दै उनले पार्टीभित्र मिडिया कभरेजका लागि अनावश्यक र जिम्मेवारीविहीन अभिव्यक्तिहरू दिने प्रवृत्तिबाट सतर्क रहन आग्रह गरिन् ।
‘कतिपय नेता मिडियामा देखिनकै लागि पार्टी वा नेताविरुद्ध बोल्छन् । त्यसले उनीहरू भाइरल त हुन सक्छन् तर पार्टीलाई गम्भीर क्षति पु¥याइरहेका छन्,’ मन्त्री राणाले भनिन्, ‘यस्तो प्रवृत्तिले केन्द्रदेखि स्थानीय तहसम्मका कार्यकर्तामा निराशा पैदा भएको छ ।’
उनले कांग्रेस सरकारमै रहेका बेला पार्टीभित्रकै नेताबाट सरकारविरोधी अभिव्यक्ति आउनु दुःखद् भएको बताउँदै पार्टीलाई मजबुत बनाउनेतर्फ ध्यान दिन आग्रह गरिन् । ‘अन्य पार्टीहरू ‘मिसन ८४’ लिएर अघि बढिरहेका छन्, हामी भने आन्तरिक विवादमै अल्झिरहेका छौं,’ उनले भनिन् ।
मन्त्री राणाले पार्टीभित्र असन्तुष्टि भए छलफलबाट समाधान खोज्नुपर्नेमा जोड दिँदै सार्वजनिक भाषणमा गुनासा पोख्न नहुने स्पष्ट गरिन् । साथै वर्तमान सभापति शेरबहादुर देउवाको नेतृत्वमा कांग्रेस पछिल्लो स्थानीय तथा संघीय निर्वाचनमा सबैभन्दा ठूलो पार्टी बन्न सफल भएको उदाहरण दिँदै आगामी निर्वाचनमा कुनै गठबन्धन नगरी एक्लै प्रतिस्पर्धा गर्नुपर्ने सन्देश दिइन् ।
उनले पार्टीभित्र महिलाको योगदान महत्वपूर्ण रहेको भन्दै समावेशी सहभागिता सुनिश्चित गर्न पनि आग्रह गरिन् । ‘महिलाले राजनीतिमा संघर्ष गर्नुपर्छ, म आफैं गल्ती नगर्दा पनि कस्तो खेदाइमा परेँ भन्ने यहाँहरूले देख्नुभएको छ,’ उनले भनिन् । कार्यक्रममा कोशी प्रदेश कांग्रेस सभापति उद्धव थापा र जिल्ला सभापति डम्बर खड्काले इलाम विकासका लागि संघीय सरकारको सहयोगको अपेक्षा राखेपछि मन्त्री राणाले इलामका समग्र हितका लागि आफूले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
समाचार
तस्करी–लेनदेन विवादमा गोली प्रहार, दुई पक्राउ, तीन फरार
द नेप्लिज संवाददाताटोखा विदेशी मुद्रा काण्डमा दुई जनाविरुद्ध मुद्दा, २५ करोड बराबरको बिगो माग
द नेप्लिज संवाददाताएमाले विराटनगर अधिवेशनमा देखियो गहिरिँदो आन्तरिक फाटो : मंच बहिष्कारदेखि संस्थापन–इतर टकरावसम्म
द नेप्लिज संवाददाताभण्डारीको नेतृत्व आकांक्षामा ओली चिन्तित : एमालेमा आन्तरिक द्वन्द्व चुलिँदै
द नेप्लिज संवाददातावीरगन्ज फेरि तनावग्रस्त : तीन युवा पक्राउपछि हिन्दूवादी प्रदर्शन, पत्रकार घाइते
द नेप्लिज संवाददाताNo related news found based on tags.
Darbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares