२४ जेठ २०८२, शनिबार 07 Jun 2025, Saturday

पतञ्जलीको जग्गा काण्डमा पूर्वप्रधानमन्त्री माधव नेपालसहित भ्रष्टाचार मुद्दा लागेका ९३ जना को-को हुन् ?

द नेप्लिज संवाददाता
२२ जेठ २०८२, बिहीबार

Advertisement

विराटनगर – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपालसँग सम्बन्धित जग्गा खरिद प्रकरणमा पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।नेपालसहितलाई प्रतिवादी बनाएर दायर गरिएको भ्रष्टाचार मुद्दामा १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो कायम गरिएको छ ।

बिहीबार विशेष अदालत, काठमाडौँमा दायर मुद्दामा तीनजना पूर्वमन्त्री, उच्च प्रशासनिक पदमा रहेका सचिव, बैंकका कार्यकारी, मालपोत, गुठी र भूमिसुधार कार्यालयका अधिकारी तथा पतञ्जलीसँग आबद्ध निजी कम्पनीका सञ्चालकहरू संलग्न छन्।

अख्तियारका अनुसार पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीले काभ्रेपलाञ्चोकको साँगा महेन्द्रज्योतिमा कम्पनी सञ्चालनका लागि कानुनी हदबन्दीभन्दा बढी जग्गा खरिद गरेको, मूल्य कम देखाएर जग्गा किनबेचमा अनियमितता गरेको आरोप छ।

पूर्वप्रधानमन्त्री नेपालमाथि भूमिसुधार सम्बन्धी कानुन उल्लंघन गर्दै पतञ्जलीलाई हदबन्दी पार गर्न विशेष निर्णय गरेर लाभ पुर्‍याएको आरोप लागेको छ। तर उनले आरोपको खण्डन गर्दै भनेका छन्, ‘मैले कसैबाट अनुचित लाभ उठाएको छैन, म राष्ट्रविरुद्ध हुने कुनै कार्यमा संलग्न छैन।’

अख्तियारले पतञ्जली योगपीठ, चौतारामा प्रालि र सुसम्पन्न हाउजिङ गरी तीन कम्पनीमाथिसमेत मुद्दा दायर गरेको छ। उक्त प्रकरणमा संलग्नमध्ये मालपोत कार्यालय काभ्रेका २३ जना, गुठी संस्थानका ५ जना, भूमिसुधार मन्त्रालयका ६ जना र सन्‌राइज बैंक लिमिटेडका १३ जना कर्मचारीसमेत छन्।

यो मुद्दा नेपालमा हालसम्मकै ठूलो संख्यामा सार्वजनिक पदाधिकारीहरू र निजी क्षेत्रका व्यक्तिमाथि एकैपटक दायर गरिएको भ्रष्टाचार मुद्दामध्ये एक बनेको छ।अख्तियारले निम्न व्यक्तिविरुद्ध बिहीबार विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ :

१) नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल
२) मालपोत कार्यालय काभ्रेपलाञ्चोकका तत्कालीन मालपोत अधिकृत प्रेम बहादुर देसार 
३) मालपोत कार्यालय काभ्रेपलाञ्चोकका तत्कालीन शाखा अधिकृत (विशेष) नवराज बस्नेत
४) मालपोत कार्यालय काभ्रेपलाञ्चोकका तत्कालीन नायव सुब्बा रामकृष्ण खत्री 
५) मालपोत कार्यालय काभ्रेपलाञ्चोकका तत्कालीन नायव सुब्बा केदारनाथ भट्टराई 
६) मालपोत कार्यालय काभ्रेपलाञ्चोकका तत्कालीन नायव सुब्बा विनोद कोइराला 
७) मालपोत कार्यालय काभ्रेपलाञ्चोकका तत्कालीन नायव सुब्बा विष्णु प्रसाद होमागाईं 
८) मालपोत कार्यालय काभ्रेपलाञ्चोकका तत्कालीन नायव सुब्बा राम काजी श्रेष्ठ 
९) मालपोत कार्यालय काभ्रेपलाञ्चोकका तत्कालीन नायव सुब्बा हरिशरण श्रेष्ठ  
१०) मालपोत कार्यालय काभ्रेपलाञ्चोकका तत्कालीन नायव सुब्बा रामप्रसाद सत्याल  
११) मालपोत कार्यालय काभ्रेपलाञ्चोकका तत्कालीन नायव सुब्बा कृष्णप्रसाद सापकोटा
१२) मालपोत कार्यालय काभ्रेपलाञ्चोकका तत्कालीन खरिदार बद्रिप्रसाद हुमागाईं 
१३) मालपोत कार्यालय काभ्रेपलाञ्चोकका तत्कालीन खरिदार पुष्पकुमार पौडेल 
१४) मालपोत कार्यालय काभ्रेपलाञ्चोकका तत्कालीन खरिदार रोसकाजी जस्पाउ
१५) गुठी संस्थान, शाखा कार्यालय, काभ्रेपलाञ्चोकका कार्यालय प्रमुख वैकुण्ठप्रसाद रेग्मी 
१६) गुठी संस्थान, शाखा कार्यालय, काभ्रेपलाञ्चोकका कार्यालयका फाँटवाला माधवप्रसाद होमागाईं 
१७) गुठी संस्थान, शाखा कार्यालय, काभ्रेपलाञ्चोक कार्यालयका कार्यालय सहायक राजकुमार सिग्देल
१८) पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपालका मुख्य भइ कामकाज गर्ने संस्थापक सदस्य शालीग्राम सिंह
१९) गुठी संस्थान, शाखा कार्यालय, काभ्रेपलाञ्चोकका तत्कालीन वरिष्ठ सहायक पवन आचार्य
२०) तत्कालीन सन्‌राइज बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत किशोरकुमार महर्जन
२१) तत्कालीन सन्‌राइज बैंक लिमिटेडका सहायक महाप्रबन्धक नीता प्रधान 
२२) तत्कालीन सन्‌राइज बैंक लिमिटेडका जोखिम विभागका अधिकृत सुजित पोखरेल
२३) तत्कालीन सन्‌राइज बैंक लिमिटेडका शाखा प्रबन्धक राजीव सापकोटा
२४) तत्कालीन सन्‌राइज बैंक लिमिटेडका अधिकृत ममता पराजुली
२५) तत्कालीन कानुन तथा न्यायमन्त्री तथा मन्त्रिपरिषद्, विधेयक समितिका तत्कालीन संयोजक प्रेमबहादुर सिंह
२६) तत्कालीन भूमिसुधार तथा व्यवस्थामन्त्री स्व. डम्बर श्रेष्ठ 
२७) तत्कालीन भूमिसुधार तथा व्यवस्थामन्त्री स्व. डम्बर श्रेष्ठका 
 छोरा सन्तोष श्रेष्ठ
२८) तत्कालीन मन्त्रिपरिषद्का सचिव (नेपाल सरकारको मुख्यसचिव) स्व. माधवप्रसाद घिमिरे
२९) तत्कालीन मन्त्रिपरिषद्का सचिव (नेपाल सरकारको मुख्यसचिव) स्व. माधवप्रसाद घिमिरेकी श्रीमती कमला घिमिरे
३०) भूमिसुधार तथा व्यवस्था मन्त्रालयका तत्कालीन सचिव छविराज पन्त
३१) भूमिसुधार तथा व्यवस्था मन्त्रालयका तत्कालीन सहसचिव जीतबहादुर थापा 
३२) भूमिसुधार तथा व्यवस्था मन्त्रालयका तत्कालीन सहसचिव लालमणि जोशी
३३) भूमिसुधार तथा व्यवस्था मन्त्रालयका तत्कालीन उपसचिव (कानुन) कलानिधि पौडेल
३४)  भूमिसुधार तथा व्यवस्था मन्त्रालयका तत्कालीन उपसचिव गान्धीप्रसाद सुवेदी
३५) भूमिसुधार तथा व्यवस्था मन्त्रालयका तत्कालीन उपसचिव हुपेन्द्रमणि केसी
३६) भूमिसुधार तथा व्यवस्थापन विभागका तत्कालीन महानिर्देशक केशरबहादुर बानियाँ 
३७) भूमिसुधार तथा व्यवस्थापन विभागका तत्कालीन उपसचिव राजाराम थापा
३८) भूमिसुधार तथा व्यवस्थापन विभागका तत्कालीन शाखा अधिकृत सीताराम पोखरेल
३९) भूमिसुधार तथा व्यवस्थापन विभागका तत्कालीन नायव सुब्बा बुद्धिबहादुर कार्की
४०) मालपोत कार्यालय, काभ्रेपलाञ्चोकका तत्कालीन खरिदार मोहनराम शर्मा
४१) मालपोत कार्यालय, काभ्रेपलाञ्चोकका तत्कालीन प्रमुख मालपोत अधिकृत जनार्दन गुरागाईं
४२) मालपोत कार्यालय, काभ्रेपलाञ्चोकका तत्कालीन मालपोत अधिकृत वेदप्रसाद अर्याल
४३) मालपोत कार्यालय, काभ्रेपलाञ्चोकका तत्कालीन शाखा अधिकृत (विशेष) शिवहरि शर्मा सुवेदी 
४४) मालपोत कार्यालय, काभ्रेपलाञ्चोकका तत्कालीन नायव सुब्बा तुलामणि राजभण्डारी
४५) मालपोत कार्यालय, काभ्रेपलाञ्चोकका तत्कालीन खरिदार हरिप्रसाद हुमागाईं
४६) गुठी संस्थान, शाखा कार्यालय काभ्रेपलाञ्चोकका तत्कालीन का.मु. कार्यालय प्रमुख कृष्णहरि भट्टराई 
४७) तत्कालीन सन्राइज बैंक लिमिटेडका जुनियर म्यानेजमेन्ट ट्रेनि एशु मैनाली
४८) तत्कालीन सन्राइज बैंक लिमिटेडका उप–प्रबन्धक मनोज न्यौपाने
४९) तत्कालीन सन्राइज बैंक लिमिटेडका वरिष्ठ सहायक विक्रान्त कोइराला
५०) तत्कालीन सन्राइज बैंक लिमिटेडका प्रमुख व्यवस्थापक रविनकुमार नेपाल
५१) तत्कालीन सन्राइज बैंक लिमिटेडका सहायक महाप्रबन्धक आशा राणा अधिकारी
५२) तत्कालीन सन्राइज बैंक लिमिटेडका जोखिम व्यवस्थापन विभागका प्रमुख सञ्जयकुमार सिद्धी
५३) तत्कालीन सन्राइज बैंक लिमिटेडका अनुपालन विभागमा कार्यरत सुनिलरत्न स्थापित
५४) तत्कालीन सन्राइज बैंक लिमिटेडका नायव महाप्रबन्धक बलराम विष्ट
५५) मालपोत कार्यालय, काभ्रेपलाञ्चोकका तत्कालीन शाखा अधिकृत उमेशराज दाहाल
५६) मालपोत कार्यालय, काभ्रेपलाञ्चोकका तत्कालीन नायव सुब्बा जीवरमण उप्रेती 
५७) मालपोत कार्यालय, काभ्रेपलाञ्चोकका तत्कालीन नायव सुब्बा मोहनप्रसाद पराजुली
५८) चौतारामा प्रा.लि.का संस्थापक सदस्य विश्वरत्न शाक्य
५९) चौतारामा प्रा.लि.का संस्थापक सदस्य शेखरकुमार राणा
६०) स्व.राधेश्याम सराफ
६१) स्व.राधेश्याम सराफका छोरा अरुणकुमार सराफ
६२) भोजराज शर्मा वाग्ले     
६३) जीवनराज कँडेल 
६४) ध्रुवराज थापा 
६५) मनु घिमिरे 
६६) ओमप्रकाश वंशल 
६७) भीमदत्त जोशी 
६८) वीरेन्द्रलाल श्रेष्ठ 
६९) लक्ष्मण कार्की
७०) गुप्तराज कोइराला 
७१) दामोदर अधिकारी 
७२) म्लाङ डोङ तामाङ 
७३) नमिता भण्डारी 
७४) निर्मला पौडेल 
७५) बद्रीभक्त नाऐभा 
७६) वासुदेव थापा 
७७) यादवप्रसाद जोशी 
७८) राकेश सुवाल 
७९) राजेश त्वायना 
८०) राजेश साँद 
८१) रोशनी लक्ष्मी तुईतुई 
८२) लक्ष्मीकेशरी जाकीबन्जार 
८३) सुरेन्द्रकुमार कोइराला
८४) शिवहरि थापा 
८५) अमित श्रेष्ठ
८६) तुल्सीराम सुवाल 
८७) नारायणकृष्ण जोशी 
८८) न्हुछेरत्न खाइतु 
८९) प्रकाश खाइजु 
९०) मिनु सुवाल 
९१) विक्रम प्रजापती 
९२) शिवनाथ त्वाना बासु
९३) मन्जु कवाँ 

अध्यक्ष नेपालमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचार मुद्दालाई नेकपा (एकीकृत समाजवादी) ले  राजनीतिक प्रतिशोध र षड्यन्त्रको नतिजा भनेको छ। उक्त दलको सचिवालयको आकस्मिक बैठकले उक्त कदमलाई ‘राजनीतिक हिसाब किताब मिलाउने’ नियतको रूपमा व्याख्या गर्दै राजनीतिक रूपमा प्रतिवाद गर्ने निर्णय गरेको छ।

पार्टीका उपाध्यक्ष प्रकाश ज्वालाले बैठकपछि भने, ‘अध्यक्षमाथि मुद्दा लगाउनु राजनीतिक प्रतिशोध लिँदै गरिएको षड्यन्त्रमूलक प्रहार हो। हामी यसको राजनीतिक रूपमा प्रतिवाद गर्छौं।’बैठकले अख्तियारको आरोपलाई कानुनी रूपमा चुनौती दिनेसमेत निर्णय गरेको छ। ‘अब मुद्दा दर्ता भइसकेको छ, त्यसैले हामी तथ्य प्रमाणसहित कानुनी लडाइँमा जानेछौं,’ ज्वालाले स्पष्ट पार्दै भने ।

नेकपा एसले मन्त्रिपरिषद्का नीतिगत निर्णयहरूप्रति अख्तियारले अहिलेसम्म निगरानी नगरेको भन्दै पूर्वप्रधानमन्त्री नेपालमाथि मुद्दा लगाइनुमा सरकारको प्रत्यक्ष संलग्नता देखिएको दाबीसमेत गरेको छ।‘सरकारको छाया अख्तियारमा परेको छ, त्यसैले यो कदम प्रतिशोध र षड्यन्त्रबाट प्रेरित छ,’ उपाध्यक्ष ज्वालाले आरोप लगाउँदै भने ।अख्तियारले पतञ्जलि प्रकरणमा सरकारी रकम दुरुपयोग, जग्गा मूल्यांकनमा अनियमितता र सार्वजनिक हितविपरीत निर्णय भएको भन्दै मुद्दा दायर गरेको हो।
 

#माधव#कुमार# नेपाल

प्रकाशित : २२ जेठ २०८२, बिहीबार 19:29
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
निर्देशक : अमरेन्द्र प्रसाद यादव, ९८४२८४४४४४
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved