सिमकोट – हुम्लाको अदानचुली गाउँपालिकामा बिहीबार बिहानको अविरल वर्षापछि आएको बाढी र पहिरोले ठूलो क्षति पुर्याएको छ । अदानचुली–३ मा पहिरोले गोठ पुरिँदा २६ वटा बाख्रा मरेका छन् भने श्रीनगर बजारका ११ वटा पसल बगाएका छन्।
स्थानीय किसान आइते बुढाको अदानचुली–३ स्थित गोठमा रहेको ७० मध्ये २६ बाख्रा पहिरोले पुरिएर मरेका हुन् । उनका अनुसार २९ वटा बाख्रा गाउँलेको सहयोगमा जीवितै उद्दार गरिएको छ भने बाँकी हराइरहेका बाख्राको खोजी भइरहेको छ।
बिहान अचानक परेको मुसलधारे वर्षाले अदानचुली गाउँपालिका–१, २ र ३ का विभिन्न ठाउँमा जनधनको क्षति भएको हो । अदानचुली–२ स्थित श्रीनगर बजारमा व्यापार गर्दै आएका व्यवसायीका अस्थायी टहरा र पसलमा रहेका सामान बगाएको स्थानीयले बताएका छन् ।
स्थानीयका अनुसार बाढीले ११ पसल, एक घर र एक भेडीगोठमा क्षति पुगेको छ । अदानचुली–२ का अमृत बुढा र अदानचुली–१ का बुद्धि महतारालगायतका व्यवसायीहरूको पसलमा पनि बाढीले नोक्सानी भएको छ । प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले अदानचुली–२ र ३ मा अलि ठूलो पानी परेकाले केही घरमा समेत क्षति पुगेको प्रारम्भिक जानकारी आएको बताए । उनका अनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको गोदाममा पनि पानी पस्दा चामलका केही बोरा भिजेका छन् ।
गाउँपालिका अध्यक्ष मोहनविक्रम सिंहका अनुसार गाउँपालिकाको कार्यालय समेत पहिरोको जोखिममा परेको छ । उनले भने, ‘करीब १०० जति भेडाबाख्रा मरेको भन्ने प्रारम्भिक सूचना छ । केही घर बस्नै नमिल्ने गरी भत्किएका छन् भने पसलहरूमा समेत क्षति पुगेको छ ।’
अदानचुली–२ का अध्यक्ष नन्द महताराका अनुसार फडेरा र भण्डारी गाउँमा पनि वर्षाका कारण क्षति पुगेको छ । घर, गोठ र पशुचौपायामा क्षति पुगेको जनाइएको छ । प्रहरी प्रशासन, स्थानीय सरकार र स्थानीयवासीको समन्वयमा क्षतिको विस्तृत विवरण संकलन र राहत व्यवस्थापनको काम अघि बढाइएको प्रमुख जिल्ला अधिकारी पाण्डेयले जानकारी दिए ।
समाचार
मधेसी राजनीतिलाई जोगाउन उमेश यादवको अपिल
द नेप्लिज संवाददातामोरङमा आठ महिनामा राज्यको नियन्त्रणमा रहेका आठ जनाको मृत्यु
द नेप्लिज संवाददातापूर्वउपमेयर इन्दिरा कार्कीले मन्त्रिपरिषद्को निर्णय वद्दर गराएर स्थानीय तहलाई दिलाइन् घर बहाल कर उठाउने अधिकार
द नेप्लिज संवाददातासरकारमा अहिले मन्त्री फेरबदल हुँदैन : सभापति देउवा
द नेप्लिज संवाददाताजेनजी आन्दोलनले ध्वस्त विराटनगरका सरकारी संरचनाको धुलो टकटक्याएर सेवा सुरु गर्दै
द नेप्लिज संवाददाताNo related news found based on tags.
Darbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares