विराटनगर– पश्चिमी वायुका साथै स्थानीय वायु पनि सक्रिय भए पछि देशका केही ठाउँमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले यस अघि गत २४ घण्टामा हल्का, मध्यम र अति भारी वर्षा भएको जनाएको थियो । देशका केही ठाउँमा मध्यम वर्षा भए पनि मोरङको केराबारी स्टेशनको मापन गलत भएको विभागले स्वीकारेको छ । ।
केराबारीको स्टेशनमा ४०१.२ मिलिमिटर मापन भएको थियो । यो अति भारी वर्षा हो । २४ घण्टाको अवधिमा २०० मिलिमिटरभन्दा धेरै वर्षा हुनुलाई अति भारी वर्षा भएको मानिन्छ । तर, यो मापन गलत भएको विभागले प्रष्ट पारेको छ । विभागका सूचना अधिकारी दिनकर कायस्थले केराबारीको स्टेशनमा गरिएको मापन गलत भएको बताए । ‘के कारणले यस्तो समस्या आयो भन्ने बारेमा बुझिरहेका छौँ,’उनले भने,‘यस बारेमा बुझेर पछि थप जानकारी गराउँछौँ ।’ उनको अनुसार उक्त क्षेत्रमा २० मिलिमिटर वर्षा भएको छ । तर त्यहाँको स्टेशनको मापन अस्वभाविक देखिएको उनले स्वीकारे ।
यस्तै गत २४ घण्टामा सप्तरीको रुपनी बजारमा मध्यम वर्षा भएको छ । त्यहाँ ३६ .४ मिलिमिटर वर्षा भएको हो । सप्तरीकै बरमझियामा १९.६ मिलिमिटर पानी परेको छ । मकवारपुर र र प्यूठानमा पनि मध्यम वर्षा भएको छ । सिन्धुली, दोलखा र कास्की लगायतका जिल्लामा हल्का वर्षा भएको विभागले जनाएको छ । आज पनि देशभर मौसम बदली भएको छ । कोशी प्रदेशसहित पहाडी भू-भागमा आंशिकदेखि साधारण बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसमी भाषामा आंशिक बदली हुनु भनेको आकाशमा ५० प्रतिशतसम्म बादल देखिनु हो भने साधारण बदली भनेको ७५ प्रतिशतसम्म आकाश बादलले ढाकिनु हो । त्यसैले आज मधेशबाहेकका बाँकी ६ प्रदेशका केही भू-भागमा चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको छ ।
(विभागको तथ्यांक अनुसार यसअघि पोस्ट गरिएको समाचार मिलाइएको छ । विभागले स्टेशनको मापनमा गडबडी देखिएको बताए पछि समाचार सच्याएका हौँ । प्रधान सम्पादक)
समाचार
विराटनगरमा पालिका उप्रमुख तथा उपाध्यक्षहरुको राष्ट्रिय सम्मेलन सुरु
द नेप्लिज संवाददाताविराटनगरमा कांग्रेस नेता शेखर कोइराला समूहको भेला
द नेप्लिज संवाददाताविद्यालय भवन निर्माणमा भ्रष्टाचार, तत्कालीन शिक्षा अधिकारी ज्ञानमणि नेपालसहित ९ जनाविरुद्ध मुद्दा
द नेप्लिज संवाददाताकान्तिपुर दैनिकको परिचयपत्रको आडमा रामेछापका पत्रकार टिका भट्टद्वारा १ करोड १५ लाखभन्दा बढी भ्रष्टाचार भएको अख्तियारको खुलासा
द नेप्लिज संवाददाताअब्बल प्रहरी जवान हरदेव राजवंशीको शव फेला, अर्का जवान सुरज साउद अझै बेपत्ता
द नेप्लिज संवाददाताNo related news found based on tags.
Darbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares