विराटनगर– पर्साको वीरगञ्ज नगरपालिका क्षेत्रमा लगाइएको कर्फ्यू आदेश आइतबार राति १२ बजेसम्मका लागि थपिएको छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले आइतबार मध्यान्ह सूचना जारी गर्दै राति १२ बजेसम्मका लागि थप गरिएको जानकारी दिएका छन् । पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया पुल, उत्तरमा पावर हाउस चोक र दक्षिणमा शंकराचार्य गेटलाई चार किल्ला मानेर कफ्र्यु आदेश जारी गरिएको छ ।
दुई समुदायको झड्पले उग्र रूप लिएपछि पर्साको वीरगञ्जमा शनिबार साँझदेखि कर्फ्यु आदेश जारी भएको हो । अर्यालले सूचना जारी गर्दै स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम साँझ साढे ६ बजेदेखि लागू हुने गरी आइतबार मध्यान्ह १२ बजेसम्म वीरगन्ज महानगर आसपासको क्षेत्रमा कर्फ्यु आदेश जारी गरेका थिए ।
वीरगञ्जको छपकैयामा स्थानीय समुदायबीच झड्प भएको थियो । हिन्दू धर्मावलम्बीहरूद्वारा भगवान हनुमानको जयन्तीको अवसरमा शनिबार वीरगञ्जमा शोभायात्रा निकालिएको थियो । उक्त क्रममा सहभागीहरूले उच्छृंखल गतिविधि गरेको भन्दै अर्को समूहले आरोप लगाएपछि माहोल तनावपूर्ण बनेको हो ।
प्रहरीका अनुसार घण्टाघरदेखि दक्षिणतर्फ वीरगन्ज–३ छपकैयास्थित श्रीराम चोक पुगेर फर्किने क्रममा शोभायात्राका सहभागीमाथि ढुंगा प्रहार भएको थियो । त्यसपछि सहभागीले टायर बालेर प्रदर्शन गरे । पसलका फर्निचर निकालेर जलाए । स्थिति अनियन्त्रित भएपछि प्रहरीले २ राउन्ड हवाई फायर र २५ राउन्ड अश्रुग्यास प्रहार गरेको खुलेको छ । यो क्रममा २५ जना सुरक्षाकर्मी र करिब एक दर्जन स्थानीय घाइते भएका छन् ।
प्रहरी र स्थानीयबीच झडप नरोकिए पछि नेपाली सेना परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताए । उनले भने, 'स्थिति नियन्त्रणमा नआएपछि कर्फ्यु लगायौं। कर्फ्यु लागेपछि सेना सडकमा आयो। स्थिति विस्तारै अब साम्य हुन थालेको छ । '
समाचार
विराटनगरमा पालिका उप्रमुख तथा उपाध्यक्षहरुको राष्ट्रिय सम्मेलन सुरु
द नेप्लिज संवाददाताविराटनगरमा कांग्रेस नेता शेखर कोइराला समूहको भेला
द नेप्लिज संवाददाताविद्यालय भवन निर्माणमा भ्रष्टाचार, तत्कालीन शिक्षा अधिकारी ज्ञानमणि नेपालसहित ९ जनाविरुद्ध मुद्दा
द नेप्लिज संवाददाताकान्तिपुर दैनिकको परिचयपत्रको आडमा रामेछापका पत्रकार टिका भट्टद्वारा १ करोड १५ लाखभन्दा बढी भ्रष्टाचार भएको अख्तियारको खुलासा
द नेप्लिज संवाददाताअब्बल प्रहरी जवान हरदेव राजवंशीको शव फेला, अर्का जवान सुरज साउद अझै बेपत्ता
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares