समान पेसाका मन्त्री खड्का र कुलमानको टकराव
विराटनगर– समान पेसा का ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीचको टकराव सतहमा आएको छ । उनीहरुबीचको पेसागत टकरावले दुवै जनाको पद जोखिममा पर्दै गएको छ ।
मन्त्री खड्काले कुलमानलाई पदबाट किन नहटाउने भन्दै अर्कोपटक २४ घण्टे स्पष्टीकरण सोधेका छन् । मन्त्रिस्तरीय निर्णय गर्दै खड्काले मंगलबार कुलमानलाई पदबाट किन नहटाउने भन्दै स्पष्टीकरण पेस गर्न भनेका हुन् ।
नेपाल–भारत द्विपक्षीय विद्युत् विनिमय समितिको बैठकमा कुलमान जानुलाई मन्त्री खड्काले प्रतिष्ठाको विषय बनाएको राजनीतिक वृतमा चर्चा छ । बैठकमा कुन निकायको स्वीकृति लिएर गएको भनेर मन्त्री खडकाले कुलमानलाई स्पष्टीकरणको पत्र थमाएको छ ।
नेपाल सरकारको कार्यसम्पादन नियमावली, २०६४ को अनुसूचीको विषय संख्या २० र २३ अनुसार नेपाल सरकार, मन्त्रिपरिषद्मा पेस गर्नुपर्ने विषयमा मन्त्रालयको सहमति नलिइ आर्थिक दायित्व बढ्ने गरी द्विपक्षीय वार्ताको माध्यमबाट तयार भएको सहमतिपत्रमा हस्ताक्षर गर्ने अख्तियारी कसरी पाएको भनेर मन्त्री खड्काले कुलमानलाई सोधेको स्पष्टीकरण पत्रमा उल्लेख छ ।
प्राधिकरणको सञ्चालक समितिको अध्यक्षमा खड्का नियुक्त भए पछि आन्तरिक भ्रमण काज, विदा, अन्तर्राष्ट्रिय भ्रमणमा कति पटक गएको भन्ने विषयमा पनि घिसिङलाई प्रष्टीकरण सोधिएको छ ।
मन्त्री खडका र कुलमानबीचको टकरावले दुबै जनाको पद जोखिममा छ । कुलमानको अडान र कार्यशैलीले मन्त्री खड्काको कार्यसम्पादन प्रभावकारी हुन सकेको छैन भने मन्त्री खड्काको अंकुशले कुलमानलाई पनि आप्mनो कार्यसम्पादन प्रभावकारी देखाउन कठीनाई झेल्नु परेको प्राधिकरणका कर्मचारीहरुको भनाइ छ । कुलमानसँगको टकरावले मन्त्री खड्को कार्यसम्पादन कमजोर हुँदा पद छाड्नु पर्ने दवाव बढ्दै गएको कांग्रेस निकट नेताहरुकोभनाइ छ । यता, लोडसेडिङ्ग अन्त्य गरेर लोकप्रिय बनेको कुलमानको पनि काम गर्न भएको कठीनाईले लोकप्रियता घट्दै गएको कर्मचारीहरुको भनाइ छ ।
मन्त्री खड्का र कार्यकारी निर्देशक कुलमान दुबै जना बीचको टकरावको हुरीले दुबै जनालाई उडाउने संकेत देखिएको राजनीतिक वृतमा चर्चा चुलिदै गएको छ ।
समाचार
केही स्थानमा वर्षा र हिमपातको सम्भावना
द नेप्लिज संवाददातागोली प्रहारबाट घाइते युवतीको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार हुँदै
द नेप्लिज संवाददाताचार महिनाको संघर्षपछि मृत्युको बाटो
द नेप्लिज संवाददातादलित किशोरीको शंकास्पद मृत्यु : पुरानो मुद्दासँग सम्बन्ध
द नेप्लिज संवाददाताराजावादी आन्दोलनमा एकता नहुँदा ज्ञानेन्द्र शाह दुखी
द नेप्लिज संवाददाताNo related news found based on tags.
Darbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares