विराटनगर– मिथिला नगरी जनकपुरधाममा तीन दिन सम्म सञ्चालन हुने अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको आजबाट शुभारम्भ भएको छ । मैथिली विकास कोषको सभा भवनमा फागुन १६ देखि १८ गते सम्म सम्मेलन हुँदैछ ।
फिल्म साक्षरताको प्रबर्द्धन गर्नु, विभिन्न चलचित्रहरु प्रदर्शन गर्दै कार्यशाला तथा मास्टर क्लासहरु मार्फत चलचित्रलाई एक शक्तिशाली माध्ययमको रुपमा अवगत गराउने, नेपाली युवालाई प्रेरणा र मौका दिने, फिल्म निर्माता एवं कलाकारबीच अनुभव आदानप्रदानको अवसर सृजना गर्ने उद्देश्यका साथ सम्मेलन गर्न लागिएको हो । मधेस प्रदेशका मुख्यमन्त्री सतीश सिंहले महोत्सवको उद्घाटन गरेका छन् ।
यो महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समेतको प्रतिनिधित्व हुने गरी हजारौँको संख्यामा आवेदन प्राप्त भएको आयोजक संवाद फाउन्डेसनका अध्यक्ष कुमार भास्कर ले जानकारी दिए । उनको अनुसार स्थानीय एवं विश्व सिनेमा बीचको सेतु बनाउने दिशामा यो महोत्सवले भूमिका निर्वाह गर्ने बताए ।
महोत्सवमा विभिन्न १ सय ४४ भन्दा बढी देशका चलचित्रकर्मीहरुद्वारा ३ हजार ५ सय भन्दा बढी आवेदन प्राप्त भएको उनले जानकारी दिए । अध्यक्ष भास्करका अनुसार महोत्सवकालागि १० विधाबाट चयन भएका कुल ७८ वटा फिल्म प्रदर्शन गरिनेछ । प्रत्येक विधामा सर्वोत्कृष्ट हुनेलाई पुरस्कृत गरिने उनले बताए । ‘यो महोत्सवले नेपाली चलचित्रलाई विश्वभरका दर्शकहरु सम्म पुर्याउँदै, अन्य देशका चलचित्र, कथाहरुसँग गहिरो सम्बन्ध जोडनेछ, यसले नेपाल र अन्तर्राष्ट्रिय समुदायबीचको सांस्कृतिक सहकार्य एवं सामिप्यता बढाउन मद्दत गर्नेछ,’ भास्करले भने ।
साहित्य/कला
शीतलता, सहअस्तित्व र सिर्जनशीलताको उत्सव
जितेन्द्र साहमध्यपुरथिमिमा मात्र मनाइने जात्रा
द नेप्लिज संवाददाता१२ वर्षे हलचोक आकाश भैरव जात्रा सुरु
द नेप्लिज संवाददातादस महिला, एक पुरुष : बहसमा प्रेमको खोजी रियालिटी शो
द नेप्लिज संवाददातापुस्तक र लेखकप्रति सम्मान प्रकट गर्दै मनाइँदै
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares