विराटनगर– कोशी प्रदेश सरकारले १ करोड २० लाखको लागतमा प्रथम कोशी प्रदेश खेलकुद महोत्सव २०८१ गर्न लागेको छ । सामाजिक विकास मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा फाल्गुन १३ गतेदेखि १८ गतेसम्म विराटनगरस्थित विभिन्न स्थानमा र मुख्इमन्त्री कप राष्ट्रिय महिला भलिवल प्रतियोगिता झापामा प्रदेशभरिमा खेलिने खेलहरुको पहिलो पटक प्रतियोगिता आयोजना गर्न लागेको जनाएको छ ।
खेलकुद महोत्सवमा एथलेटिक्स, कवड्डी, डोरीतान, सफ्ट टेनिस, कराते, तेक्वान्दो, बुद्धिचाल, बाघचाल, महिला फुटवल, महिला भलिवल र टेवलटेनिस खेलको पहिलो पटक प्रतियोगिता आयोजना गर्न लागेको प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव पर्शुराम बस्नेतले बताए ।
प्रदेश खेलकुद विकास बोर्डकी उपाध्यक्ष विन्द्या कार्कीले प्रदेशको खेलकुद शून्यतालाई चलायमान बनाउन, दैनिक प्रशिक्षण लिइरहेका खेलाडीहरु र सम्पूर्ण खेल प्रेमीहरुमा यो महोत्सवले सकारात्मक सन्देश प्रवाह गर्ने लक्ष्य रहेको बताइन् । उनले खेलकुद महोत्सवलाई व्यवस्थित बनाउन बोर्डका अध्यक्षसमेत रहेका सामाजिक विकास मन्त्री पाँचकर्ण राईको अध्यक्षतामा ८७ सदस्यीय मूल समारोह व्यवस्थापन समिति र उपसमितिहरु गठन गरिएको सुनाइन् ।
महोत्सवको विराटनगरस्थित सहिद रंगशालामा पाल्गुन १३ गते सभामुख अम्बरबहादुर विष्टले उद्घाटन र मुख्यमन्त्री हिक्मतकुमार कार्कीले समापन गर्ने कार्यक्रम तय गरिएको बोर्डका सदस्य सचिव बस्नेतले बताए । उनले खेलकुद महोत्सवका लागि प्रदेश सरकारले १ करोड २० लाख बजेट विनियोजन गरेका तर कूल लागत त्यो भन्दा बढी रहेकोले बजेट अपुग रहेको बताए ।
बोर्डका अध्यक्ष तथा सामाजिक विकास मन्त्री राईले यो खेलकुद महोत्सवले प्रदेशभरि व्यवसायिक खेलकुदको विकासमा टेवा पुग्ने बताए । उनले महोत्सवले दक्ष खेलाडीको उत्पादनमा पनि सकारात्मक प्रभाव पार्ने बताए ।
प्रदेश
कोशी प्रदेशसभाको बजेट अधिवेशन आज सुरु हुँदै
द नेप्लिज संवाददाताअबैध असुलीमा लागेका मधेश प्रदेशका वन तथा वातावरणमन्त्री साह फिर्ता, यादवलाई जिम्मेवारी
द नेप्लिज संवाददातामन्त्री राईद्वारा सावा खोला सडक पुल उद्घाटन
द नेप्लिज संवाददातामन्त्री राईद्वारा कोशीका उत्कृष्ट १० जना महिला उद्यमी पुरस्कृत
द नेप्लिज संवाददाताराइड सेयरिङ नीतिमा पछि नहट्ने गण्डकी सरकार, वार्षिक नीति तथा कार्यक्रममा नियमन र व्यवस्थापनको अडान
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares