विराटनगर - विश्वको पाँचौं अग्लो मकालु हिमाल आरोहणको ७० वर्ष पुगेको अवसरमा मकालु प्लाटिनम जुबिली तथा दक्षिण एशियाली साहित्यिक–सांस्कृतिक महोत्सव हुने भएको छ ।
संखुवासभाको मकालु गाउँपालिकाको आयोजना तथा मकालु साहित्यिक समाजको संयोजनमा हुने महोत्सवमा नेपालसहित भारत, बंगलादेश र भुटानका स्रष्टाहरू सहभागी हुने आयोजकले जनाएको छ । यही फागुन १४, १५, १६ र १७ गते मकालु गाउँपालिकाको नुम बजारमा हुने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको कार्यक्रमको संयोजन गरिरहेका मकालु साहित्यिक समाजका अध्यक्ष अग्रज साहित्यकार ताराबहादुर बुढाथोकीले जानकारी दिए ।
कार्यक्रमले मकालु गाउँपालिकालाई मात्रै नभएर सिंगो संखुवासभालाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन सहयोग पुग्ने बुढाथोकीको भनाइ छ । उनले दक्षिण एशियाली साहित्यिक सांस्कृतिक महोत्सवले मकालु, शिवधारा र वणुगोत्री त्रिआयामिक धाार्मिक, सांस्कृतिक र साहित्यिक पर्यटन विकासमा महत्वपूर्ण भूमिका खेल्ने लक्ष्य रहेको बताए ।
स्थानीय संस्कृति र दक्षिण एसियाली संस्कृति सम्मिलन भई साहित्यिक र सांस्कृतिक विचार आदानप्रदानले एक आपसमा सम्बन्धसमेत सुमधुर हुने उनको भनाइ थियो । ‘पहिलोपटक हुन लागेको महोत्सवले यस क्षेत्रको धार्मिक, सांस्कृतिक र साहित्यिक विकाससँगै पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्छ भन्ने मलाई लाग्दछ,’ उनले भने, ‘कार्यक्रमलाई भव्य बनाउन पूरै संखुवासभावासी लागिपरेको छ । यो कार्यक्रम भव्य मात्रै होइन ऐतिहासिक बनाउने लक्ष्य छ ।’
कार्यक्रमलाई भव्य बनाउन गाउँपालिकाकी उपाध्यक्ष मनकला राईको संयोजकत्वमा आयोजक समितिसमेत बनाइएको छ । महोत्सवमा भलिबल प्रतियोगिता, नाटक मञ्चन, विभिन्न लोकदोहोरी, झाँकी प्रदर्शन, स्थानीय उत्पादनको स्टल, साहित्यिक–सांस्कृतिक कार्यक्रम, विभिन्न पुस्तक विमोचनलगायतका कार्यक्रम रहेको संयोजक राईले जानकारी दिइन् ।
सोही कार्यक्रममा साहित्य र पत्रकारिताका क्षेत्रमा योगदान पु¥याएको भन्दै विराटनगरका कवि एवं पत्रकार मीनकुमार नवोदितसहित साहित्य, कला, संस्कृति, पर्यटन, गीतसंगीतलगायतका क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरूलाई विशेष सम्मान गरिने आयोजकले जनाएको छ ।
विश्वको पाँचौं अग्लो हिमाल मकालुको उचाई ८४६३ मिटर रहेको छ । जुन हिमालको शिखरमा मानव पाइला टेकेको ७० वर्ष पूरा भएको अवसरमा चारदिने भव्य कार्यक्रम हुन लागेको हो ।
साहित्य/कला
‘बेबी बुद्ध’लाई स्नान गराउँदै विश्वमैत्रीको कामना
द नेप्लिज संवाददाताकहीँ नभएको जात्रा हाँडीगाउँमा
द नेप्लिज संवाददाताशीतलता, सहअस्तित्व र सिर्जनशीलताको उत्सव
जितेन्द्र साहमध्यपुरथिमिमा मात्र मनाइने जात्रा
द नेप्लिज संवाददाता१२ वर्षे हलचोक आकाश भैरव जात्रा सुरु
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares