काठमाडौँ — नेपाली पुरुष राष्ट्रिय क्रिकेट टिमका नयाँ प्रशिक्षक स्टुआर्ट लले शनिबारदेखि प्रशिक्षण सुरु गरेका छन् । नियुक्त भएको करिब एक महिनापछि शुक्रबार राति नेपाल आइपुगेका लले शनिबार बिहान टिम क्याम्पमा रहेका खेलाडीसँग परिचयात्मक कार्यक्रम गर्दै आधिकारिक रूपमा दायित्व सम्हालेका हुन् ।
नेपाल क्रिकेट संघ (क्यान) ले अष्ट्रेलियन प्रशिक्षक लललाई गत चैत १५ मा दुई वर्षका लागि राष्ट्रिय टिमको मुख्य प्रशिक्षक नियुक्त गरेको हो । उनी पूर्व प्रशिक्षक मोन्टी देशाइको स्थानमा आएका हुन् ।
क्यानले गत फागुन ३ मा मुख्य प्रशिक्षक पदका लागि आवेदन आह्वान गरेको थियो । फेब्रुअरी २८ (फागुन १६) सम्मको समयसीमाभित्र क्यानमा ७० वटा आवेदन प्राप्त भएका थिए । तीमध्ये १० जनालाई अन्तर्वार्ताका लागि सर्टलिस्ट गरिँदा स्टुआर्ट लल अन्तिम रोजाइमा परेका हुन् ।
५६ वर्षीय ल सन् २०१७ मा वेस्ट इन्डिजको मुख्य प्रशिक्षक थिए । २०११ को विश्वकपपछि केही समय श्रीलंकाको अन्तरिम प्रशिक्षकका रूपमा कार्यरत थिए । त्यसपछि उनले बंगलादेशको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हाल्दा उनको नेतृत्वमा बंगलादेश पहिलो पटक एसिया कपको फाइनलमा पुगेको थियो । तर उनले नौ महिनामै राजीनामा दिएका थिए ।
अष्ट्रेलियामा फर्किएपछि उनले विभिन्न भूमिकामा काम गरे— अष्ट्रेलियाली राष्ट्रिय टिमका ब्याटिङ प्रशिक्षक, क्रिकेट अष्ट्रेलियाको सेन्टर अफ एक्सिलेन्समा संलग्नता र यू–१९ टिमको प्रशिक्षण जिम्मेवारी सम्हाल्ने गरी । सन् २०१३ मा डेरेन लेहमन अष्ट्रेलियाको मुख्य प्रशिक्षक नियुक्त भएपछि खाली भएको पदमा उनले क्विन्सल्यान्ड बुल्स र ब्रिसबेन हिटको प्रशिक्षक बनेका थिए ।
सन् २०१६ को यू–१९ विश्वकपमा उनले बंगलादेश यू–१९ टिमका लागि प्रविधिगत सल्लाहकारका रूपमा काम गरेका थिए । खेलाडीका रूपमा पनि उनले उत्कृष्ट प्रदर्शन गरेका थिए । क्विन्सल्यान्ड टिमलाई पहिलो पटक शेफिल्ड शिल्ड उपाधिसम्म पु¥याउने कप्तान रहेका लले घरेलु टिम एसेक्स र ल्यान्काशायरसँग पनि उल्लेखनीय सफलता हासिल गरेका थिए ।
ब्रिटिश नागरिकता लिएका ल अष्ट्रेलियाली घरेलु क्रिकेटका उत्कृष्ट ब्याट्सम्यानमध्ये एक मानिन्थे । यद्यपि तीव्र प्रतिस्पर्धाका कारण उनले केवल एक टेस्ट खेल्न पाए, जुन १९९५–९६ मा पर्थमा श्रीलंकाविरुद्ध थियो । उनको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) करिअर ५४ खेल लामो रह्यो । तर सन् १९९९ को इंग्ल्यान्डमा भएको विश्वकप सुरु हुनुअघि नै उनलाई टिमबाट हटाइएको थियो ।
१९९९ देखि २००३ सम्म उनले प्रत्येक इंग्लिस सिजनमा १,००० रनभन्दा बढी जोड्न सफल भए । तर सन् २००४ मा चोटका कारण यो क्रम रोकियो । सन् २००१ मा एसेक्ससँगको सम्बन्ध तिक्तताका साथ टुंगिएपछि उनले ल्यान्काशायरमा अनुबन्ध गरेका थिए जहाँ उनले पुनः उत्कृष्ट प्रदर्शन गरेका थिए ।
खेलकुद
इण्डो–नेपाल क्रिकेट कप विजेता वाइआरसीसी
द नेप्लिज संवाददाताब्राजिलका फुटबलर रोबर्टो कार्लोस नेपालमा
द नेप्लिज संवाददातातेस्राे मनमाेहन मेमाेरियल क्रिकेट प्रतियाेगिता हुँदै
द नेप्लिज संवाददातानेपाली क्रिकेट टोलीका नयाँ प्रशिक्षक स्टुअर्ट ल आइपुगे
द नेप्लिज संवाददातामनमोहन स्मृति कप क्रिकेट शूरु, विभागी टिम आर्मीको विजयी सुरुवात
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares