विराटनगर– नयाँ र फरक कामले आममान्छेको मनमा ठाउँ बनाइरहेको काठमाडौं महानगरपालिकाले ३३ सामुदायिक विद्यालय एवं ३ अस्पताल वरपर ‘अन डिमान्ड पेडेष्ट्रियन क्रसिङ्’ (पेलिकन) प्रणाली जडान गरेको छ । यो प्रणालीमा पैदलयात्रीले जेब्राक्रसबाट जानुपर्दा हरियो र सवारी गुड्ने तर्फबाट सडक पार गर्नुपरेमा रातो बत्ती बालेर जान सक्छन् ।
महानगरले पहिलो पटक यो प्रणाली बागदरबार र बबरमहलमा परीक्षणका लागि जडान गरेको थियो । सकारात्मक नतिजा आए पछि योजनाअनुरुप थप ठाउँमा राखिएको महानगरले जनाएको छ । महानगरको प्राविधिक समूहले ट्राफिक प्रहरीबाट प्राप्त पाँच वर्षे तथ्यांकको अध्ययन गरेर पैदलयात्रीको ठूलो चाप एवं दुर्घटना जोखिम भएको ठाउँहरुको छनोट गरेको हो । यसबाट पैदल यात्रा सुरक्षामा नयाँ आयाम थपिएको महानगरले सामाजिक सञ्जालमा भनेको छ ।
यो प्रणालीमा पैदलयात्रीले जेब्राक्रसबाट जानुपर्दा हरियो र सवारी गुड्ने तर्फबाट सडक पार गर्नुपरेमा रातो बत्ती बालेर जान सक्छन् ।
पैदलयात्रीले स्विच थिचेपछि कम्तीमा ६० सेकेन्डमा जेब्राकसतर्फ हरियो र सवारी गुड्नेतर्फ रातो बत्ती बल्छ । एक पटक थिचेपछि सडकको चौडाइ र पैदलयात्रीको चापअनुसार ८ देखि २० सेकेन्ड हरियो बत्ती बल्छ । यो विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय गाइडलाइनबाट पनि निर्देशित छ ।
पहिलो पैदलयात्रीको हरियो बत्ती बलेको अवधि सकिएपछि पुनः १ देखि २ मिनेटमा मात्र अर्को पैदलयात्रीले क्रस गर्न सक्छन् । एक देखि दुई मिनेटपछि मात्र जेब्राक्रसतर्फ फेरि हरियो बत्ती बाल्न सकिन्छ ।
यो प्रणाली जडानसँगै पैदलयात्रीमा सवारीसाधन रोकिएको यकिन भएपछि मात्र सडक पार गर्ने बानी पनि बस्छ । यसले हत्तारोमा हिंडदा हुने दुर्घटना निकै घटाउने विश्वास लिइएको छ । स्कूले बालबालिका र अस्पताल आइजाने गर्ने बिरामी, कुरुवा र आफन्तजनलाई पनि पेलिकनले सडक सुरक्षा प्रदान गर्ने छ । ‘हतार गरी सवारी कहिल्यै नचाऔँ, हतारमा सडक पार समेत नगरौँ, घरमा परिवारले पर्खिराखेका छन्,’मेयर बालेन्द्र शाहले इन्स्टाग्राममा भनेका छन् ।
शिक्षा/प्रविधि
नयाँ वर्षको पहिलो दिन पनि आन्दोलनमै शिक्षक
द नेप्लिज संवाददातागहुँ काट्ने तरखरमा छौँ भने...
द नेप्लिज संवाददाताशिक्षा विधेयक छिटो पारित गर्ने सरकारी प्रतिबद्धता : परीक्षा प्रभावित नहोस् भनी आन्दोलन अन्त्यको आह्वान
द नेप्लिज संवाददाताविद्यालय शिक्षा ऐन पारित गर्ने तयारीसहित संसद अधिवेशन आह्वान गर्न मन्त्रिपरिषद्को सिफारिस, शिक्षक महासंघ छलफलमा
द नेप्लिज संवाददाताशिक्षक आन्दोलन निर्णायक चरणमा : संसद्ले विद्यालय शिक्षा ऐन पारित नगरे ऐन नलिइ घर नफर्कने चेतावनी
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares