६ वैशाख २०८२, शनिबार 19 Apr 2025, Saturday

कर्मचारी कुटिन थालिए पछि ‘पेन डाउन’

द नेप्लिज संवाददाता
६ फागुन २०८१, मङ्गलबार

Advertisement

विराटनगर– जनप्रतिनिधिले कर्मचारीलाई कुटपिट गर्ने क्रम नरोकिए पछि सुरक्षाको प्रत्याभूति दिलाउनका लागि सरकारको ध्यानाकर्षण गराउन दाङको राप्ती गाउँपालिकाका नौटै वडा कार्यालयका सचिवहरुले पेन डाउन गरेका छन् । 

एमालेबाट निर्वाचित तनहुँको बन्दीपुर–६ का वडाध्यक्ष बलबहादुर गुरुङले सोमबार वडा सचिव नवीन भुसाललाई कुटेका थिए । गुरुङले  भुसालको घाँटी अठ्याएर मुक्का प्रहार गरेको भिडियो सार्वजनिक भएको थियो ।

रुपन्देहीको रोहिणी गाउँपालिका–२ का वडाध्यक्ष करम हुसेन खानले पनि सोमबारै कार्यपालिकाको बैठकमा शिक्षा अधिकृत मधुप्रसाद घिमिरेलाई हातपात गरेका थिए । कर्मचारीले यसको विरोधा लगतै कार्यालयको सेवा ठप्प पारेका थिए ।

उनीहरुले दुवै घटनाका दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गर्दै कार्यालयमा सुरक्षित वातावरण नबने काममा नफर्कने चेतावनीसमेत दिएका छन् । ‘...सचिवहरुद्वारा पेन डाउन गर्ने निर्णय गरेका छौँ, यस किसिमको घटनाको विरोधमा ऐक्यबद्धता प्रकट गर्नुहुन कर्मचारी शुभेच्छुक संघ संगठनलाई हार्दिक आह्वान गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ ।
 

प्रकाशित : ६ फागुन २०८१, मङ्गलबार 15:33
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved