६ वैशाख २०८२, शनिबार 19 Apr 2025, Saturday

युएसएआईडीका २४ अमेरिकी कर्मचारी विदामा

द नेप्लिज संवाददाता
१९ फागुन २०८१, सोमबार

Advertisement

विराटनगर– अमेरिका अन्तर्राष्ट्रिय विकास एजेन्सी (युएसएआईडी) को नेपालमा कार्यरत कर्मचारीहरूमध्ये २४ जना अमेरिकी विदामा बसेका छन् । नेपालमा युएसएआईडीको जागिर आकर्षक मानिन्छ । 
नेपालस्थित अमेरिकी दुतावासका अनुसार नेपालमा युएसएआईडी अन्तर्गतका १०५ कर्मचारीमध्ये २५ अमेरिकी र ८० नेपाली छन् । एक  जना मिसन निर्देशक बाहेक सबै अमेरिकी प्रशासनिक विदामा छन् । युएसएआईडिका बाँकी कमर्चारीहरू पनि डेढ महिनादेखि अन्योलमा छन्   । 

युएसएआइडी नेपालमा ७० वर्षदेखि कार्यरत छ । यो संस्थाले सन् २०२२ मा नेपाललाई पाँच वर्षका लागि ६६ करोड अमेरिकी डलर (करिब ९१ अर्ब रुपैयाँ) सहायता दिने घोषणा गरेको थियो । नेपालमा युएसएआईडील मुख्य ३३ वटा कार्यक्रम सञ्चालनमा छ । यीमध्ये चार वटा कार्यक्रम तथा कामका लागि सरकारलाई प्रत्यक्ष अनुदान दिइन्छ र सरकारी कोषबाट रकम खर्च गरिन्छ । यस्तो रकम नौ अर्ब ८० करोड रूपैयाँ बराबरको छ । यस अन्तर्गत स्वास्थ्य, कृषि, शिक्षा तथा समावेशी नीति सुधार परियोजनाहरू सञ्चालनमा छन् । यसमध्ये चार अर्ब ७४ करोड रूपैयाँ बराबर रकम प्राप्त भइसकेको र पाँच अर्ब ६ करोड रूपैयाँ प्राप्त हुन बाँकी छ ।

त्यस्तै २९ वटा कार्यक्रम युएसएआईडीले प्रत्यक्ष खर्च गर्ने गरी (अन बजेट अफ ट्रेजरी मोडल) सञ्चालनमा छन् । यसको सम्झौता रकम ८१ अर्ब रूपैयाँभन्दा बढी छ । यस अन्तर्गत सामाजिक, शैक्षिक, स्वास्थ्य तथा कृषि विकासका परियोजनाहरू सञ्चालनमा छन् । स्वास्थ्य र शिक्षा क्षेत्र अन्तर्गत स्वास्थ्य सुरक्षा, सामुदायिक स्वास्थ्य सेवा विस्तार र आपतकालीन स्वास्थ्य प्रतिक्रिया लगायत कार्यक्रम छन् । प्रारम्भिक ग्रेड सिकाइ, शिक्षा समावेशीकरण र समानता तथा आपतकालीन शिक्षा प्रतिक्रिया गतिविधि जस्ता परियोजना पनि छन् ।

यी योजनामार्फत विपन्न तथा पिछडिएका समुदायमा शिक्षा पहुँच विस्तारको काम गरिएको छ । त्यस्तै जलवायु कृषि, कृषि लगानी, बजार सुधार, महिलाहरूलाई व्यवसायमा सशक्तिकरण, महिला उद्यमशीलता प्रवद्र्धन गर्ने लक्ष्यसहितका कार्यक्रम छन् । लोकतान्त्रिक अभ्यास र सामुदायिक न्याय अन्तर्गत पनि विभिन्न कार्यक्रम छन् । डिजिटल वित्तीय समावेश कार्यक्रम पनि छ । महालेखा परीक्षक कार्यालय सहायता कार्यक्रम, कर्णाली नदी बेसिन पुनर्निर्माण कार्यक्रम, स्थानीय कार्य सहायता कार्यक्रम लगायतको केही कार्यक्रमहरूको सञ्चालन अवधि हालसालै सकिएको छ । 

अमेरिकाकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले युएसएआईडीका अधिकांश कर्मचारीहरूलाई विदामा पठाएको छ । अघिल्लो सातासम्म विश्वभरबाट चार हजार दुई सय कर्मचारी विदामा राखिएको र एक हजार ६ सय कर्मचारीलाई जागिरबाट नै निकालिएको थियो । विदामा राखेका कर्मचारीको भविष्य पनि अनिश्चित छ । ट्रम्प प्रशासनले सरकारी खर्च घटाउनको लागि कर्मचारी कटौतीको योजना ल्याएको हो । अमेरिकी विदेशी सहायता र विकास कार्यक्रमहरू सञ्चालन गर्ने स्वतन्त्र संस्था युएसएआईडीको विश्वभर  लगभग १० हजार कर्मचारी छन् । 

प्रकाशित : १९ फागुन २०८१, सोमबार 16:06
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved