विराटनगर– अधिकांश हत्याको कारणमा शत्रुता, जग्गाको झमेला, लेनदेन विवाद, अतिरिक्त वैवाहिक सम्बन्ध, प्रेम, बदलाको भावना र आवेशलाई मानिन्छ । तर, रुकुमपूर्वको एक गाउँमा रक्सीको झोकमा भएको अपराधले स्थानीयलाई शोक मग्न बनायो ।
रक्सीले कसरी मान्छेको विवेकलाई समाप्त पार्छ भन्ने बुझ्न मंगलबार दिउँसो भएको यो घटना नै काफी छ । स्थानीय एक पुरुषलाई मदिराको नशा चढे पछि एक नाबालक सहित दुई जनाको हत्या गरे ।
भूमे गाउँपालिका–४ साकिमका चन्द्रसिंह पुनले अत्यधिक रक्सी खाए । यतिबेलै छिमेकी ६० वर्षीया ढाँटी बुढासँग उनको सामान्य झगडा भयो । रक्सीको असरले नियन्त्रण गुमाएका उनले खुुकुरीले हजुरआमा बुढा र उनको ८ वर्षीय नातिलाई मारे ।
रक्सीले मस्तिष्कलाई धुमिल्याइदिएकोले हत्या गरेँ भन्दै हातमा खुकुरी लिएर ५३ वर्षीय चन्द्रसिंह भाग्दै थिए । यो डरलाग्दो दृश्यदेखेर स्थानीयबासीले ढिलो नगरी प्रहरीलाई सूचना दिए । ठूलो संख्यामा परिचालन भएका प्रहरीले उनलाई पछ्याइरहेको थियो ।
भाग्ने हत्तारोमा सन्तुलन गुमाएका चन्द्रसिंह भिरबाट लडेर खसे । आफैले बोकेको खुकुरी लागेर उनको मृत्यु भएको प्रहरीले भनेको छ । उनको जीवन समाप्त भयो । चन्द्रसिंहको शव नजिकै रगत लागेको खुकुरी प्रहरीले भेटेको थियो । बेस्सरी मदिरा खाए पछि चन्द्रसिंह चेतना शुन्यको अवस्थामा रहेकाले हजुरआमा र नातिको हत्या गरेको प्रहरीले जनाएको छ छ ।
समाचार
प्लाष्टिकले पृथ्वी र मानव अस्तित्व संकटमाः उपराष्ट्रपति यादव
द नेप्लिज संवाददाताकोशीमा अपाङ्गता भएका व्यक्तिहरूको प्रतिभा पहिचान गरिँदै
द नेप्लिज संवाददाताउपराष्ट्रपति यादव र रुसी राजदूत नोभिकोभबीच शिष्टाचार भेट
द नेप्लिज संवाददातापतञ्जलीको जग्गा काण्डमा पूर्वप्रधानमन्त्री माधव नेपालसहित भ्रष्टाचार मुद्दा लागेका ९३ जना को-को हुन् ?
द नेप्लिज संवाददाताभिजिट भिसाको विषयमा अख्तियारको छानबिनपछि निष्कर्ष निस्किन्छ : गगन थापा
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares